१४ जेष्ठ, काठमाडौं । मंगलबार एकैदिन १०१ जना कोरोना संक्रमित थपिएका छन् । जुन अहिलेसम्मकै संक्रमितको संख्यामा सबैभन्दा ठूलो वृद्धिदर हो ।
यसअघि एकैदिन सर्वा्धिक ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो। मंगलबार १०१ जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ सय ८३ पुगेको छ ।
एक सातामै संक्रमितको संख्या दोब्बर भएको देखिएको छ । गत मंगलबारसम्म संक्रमित संख्या ३९० थियो ।
हिजो थपिएका संक्रमितहरूमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२, सप्तरीका ११, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, अर्घाखाँची, गुल्मी र स्याङ्जाका दुई(दुई जना छन्। साथै, धनुषा, रुपन्देही, कैलाली, अछामका एक(एक जना छन्।
अहिलेसम्म संक्रमणका कारण चार जनाको मृत्यु भएको छ भने १७६ जना निको भएका छन्।