१९ जेष्ठ, काठमाडौं । रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।

नेपाल दलित संघ काठमाडौं जिल्ला कार्यसमितिले घटनाको सत्य तथ्य छानबिनको मागगर्दै सोमबार प्रदर्शन गरेको हो ।
जातिय छुवाछुतकै कारण घटना भएकोले पीडकलाई तत्काल सजायको मागगर्दै प्रदर्शन गरिएको संघका काठमाडौं जिल्ला अध्यक्ष गंगा सुनारले बताए । सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए ।
संघले सोमबार नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । प्रदर्शनमा सहभागिहरुले गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन् । रुकुम घटनामा जाजरकोटका नवराज विक सहित ५ जनाको मृत्यु भएको छ । एकजना अझै वेपत्ता रहेका छन् ।