×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वर्षायामसँगै डेङ्गुको सङ्क्रमण बढ्ने सम्भावना

२० जेष्ठ २०७७

२० जेठ, काठमाडौं ।

नेपालमा कोभिड–१९० को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो लामखुट्टे अलि ठूलो आकारको छिर्केमिर्के रङ्गको हुने गर्दछ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले कोभिड–१९ को महामारीसँगै बर्खायाम शुरु भएकाले डेङ्गुको महामारीसमेत देखिन थालेको बताए । उनका अनुसार विभिन्न ठाउँमा पानी जम्ने र ती ठाउँमा लामखुट्टे बढ्ने भएकाले डेङ्गु रोग देखिन थालेको हो । डेङ्गु रोग वैशाखदेखि मङ्सिरसम्म देखिने गर्दछ ।

गत वर्ष नेपालमा ६८ जिल्लामा १६ हजारमा डेङ्गु रोग देखिएकामा छ जनाको मृत्यु भएको थियो । महाशाखाकाका अनुसार यो गत पुषदेखि अहिलेसम्म २६ जिल्लाका ८२ जनामा डेङ्गु देखिएको छ । त्यसमध्ये सबभन्दा बढी रुपन्देही जिल्लामा ३५ जनामा देखिएको छ । धेरै जनामा यस रोगको लक्षण मध्यम खालको र केहीमा कडा खालको रहेको हुन्छ । डेङ्गु रोगको समयमा उपचार नगरे मृत्यु पनि हुन सक्ने उनले बताए ।

यो शहर तथा शहरोन्मुख ठाउँमा बढी पाइने गर्दछ । डेङ्गे ज्वरो छोटो समयमा हुने भाइरल रोग हो । यसका लक्षणमा एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मासपेशी तथा जोर्नी दुख्ने, आँखाको गेडी दुख्ने, पेट तथा आन्द्रामा गडबढी र दादहरु आउने हुने गर्दछ । केही बिरामीमा शुरुमा शरीरमा विमिरा र दादहरु पनि देखिने गर्दछ । ज्वरो आएको अवस्थामा नाक तथा गिजाबाट रक्तस्राव हुने गर्दछ । यो रोगको राम्रोसँग उपचार भयो भने निको हुने महाशाखाका निर्देशक डा.पाण्डेले बताए ।

नेपालमा पहिलोपटक २००४ मा डेङ्गु देखिएको थिया । हरेक वर्ष डेङ्गु रोग प्रकोपका रुपमा देखिँदै आएको छ । दुई–तीन वर्षको अन्तरालमा यो रोगले महामारीको रुप लिएको उनले बर्ताए । यारन्टिन वा घरमा बस्दा कामको सिलसिलामा बाहिर जाँदा डेङ्गुसहित मलेरिया, पखाला र सर्पदंश रोग बढ्ने उनले बताए । डेङ्गु रोगका बिरामीको चिकित्सकको सल्लाहबिना कुनै औषधि प्रयोग गर्न दिनु हुँदैन ।

यो रोग लामखुट्टेबाट रोग सर्ने भएकाले राति वा दिउँसो सुत्दा झुलको प्रयोग गर्नुपर्दछ । यो रोग सार्ने लामखुट्टे मानिसको वरिपरि प्राकृतिक वा कृत्रिम पानी जमेको ठाउँमा बस्ने भएकाले त्यसलाई सफा राख्नुपर्दछ । खाल्डाखुल्डी, जमेको पोखरी, कुवा, लोटा, खुल्ला बोतल जस्ता ठाउँमा लामखुट्टे हुने गर्दछ । डेङ्गु ज्वरो लागेको अवस्थामा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा जानुपर्दछ । यो रोग चिकित्सको प्रत्यक्ष निगरानीमा उपचार गरे सञ्चो हुने उनले बताए ।

यो रोग पनि कोरोना जस्तै एउटा भाइरसबाट हुने रोग हो । यसको कुनै औषधि (भ्याक्सिन) बनाउन सकिएको छैन । इपिडिमियोलोजी महाशाखाले यस रोगबाट बच्नका लागि प्रदेश र स्थानीय तहमा डाइगोनोष्टिक परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।–शरद शर्मा/रासस

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top