×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्वतस्फूर्त रुपमा खुले न्यूरोडका पसल

२२ जेष्ठ २०७७

२२ जेष्ठ, काठमाडौं ।
काठमाडौंको न्यूरोडमा रहेका अधिकांश पसलहरु बिहीबार देखि खुलेका छन् ।

सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन लम्बिदै गएपछि पसल व्यवसाय गर्ने व्यवसायीहरुले बिहीबार देखि पसल खोल्न थालेका हुन् ।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले संगठनको निर्णय अनुसार समाजिक दुरी कायम गर्दै बिहान ८ बजे देखि ११ बजे सम्म पसल सञ्चालन गरिएको बताए ।

उनले पसलहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सुरक्षा सतर्कता अपनाइएको समेत बताए । अध्यक्ष कटुवालले सरकारलाई कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकोले पसल खुल्ला गर्नुपरेको बताए ।

उनले लकडाउनका कारण लामो समय सम्म व्यवसाय बन्द हुँदा व्यवसायीहरु समस्यामा परेकाले पसल खोल्न बाध्य भएको बताए । त्यस्तै व्यवसायीहरुले ग्राहकको ज्वरो जाँच गर्ने तथा स्यानिटाइजरले हात धुन लगाएर मात्र पसलमा प्रवेश गराएका छन् ।

पसल खु्रल्न थालेपछि केही ठाउँमा प्रहरीले बन्द गराउँदै हिडेको जानकारी आएको महासंघका अध्यक्ष कटुवालले बताए । उनले अब जसरी पनि पसल सञ्चालन गरिने बताए ।

बिहीबार न्युरोड, असन, भोटेबहाल लागयतका ठाउँका फेन्सी, ग्रोसरी, इलेक्ट्रोनिक पसलहरु खुलेका छन् ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top