९ असार, कैलाली ।
सुदूरपश्चिम प्रदेशमा थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय १० पुगेको छ । सोमबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ६१ थियो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुषसहित ४४ जना, भजनीकी १९ वर्षीया युवती र कैलालीकी ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
यस्तै कञ्चनपुरको बेलौरी, बाजुरा र बझाङका एक, एक जना पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय १० पुगेको छ ।
अहिलेसम्म सबैभन्दा बढी कैलालीमा तीन सय ८७, डडेल्धुरामा दुई सय चार, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय नौ, अछाममा ८२, बाजुरामा ७३, बझाङमा २५ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ६५ जना निको भएर घर फर्किएका छन् ।