११ असार, उदयपुर ।
अविरल परिरहेको वर्षाको समयमा परेको चट्याङ लागी उदयपुरमा एक जनाको मृत्यु भएको छ ।
उदयपुर त्रियुगा नगरपालिका १३ असारी बस्ने ४५ बर्षीय कानन चौधरीको चट्याङले लागेर मृत्यु भएको हो । विहीबार बिहान साढे ८ बजे खेतमा काम गरिरहेका चौधरीलाई बर्षासंगै आएको चट्याङले लाग्दा उनी घाईते भएका थिए ।
उनलाई जिल्ला अस्पताल उदयपुरमा लगि उपचार गराउने क्रममा बिहानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।