×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ मा कोरोनालाई पराजित गर्नेहरु बढे

१६ असार २०७७

१६ असार, विराटनगर ।

पछिल्लो समय नेपालमा दिनहँु तीन चार सयको हाराहारीमा संक्रमित थपिई रहेका छन् । यो निकै चिन्ताको विषय हो । संक्रमित सख्या १३ हजार ५ सय कट्दा ३ हजार १ सय ९४ जना मात्रै निको भएका छन । संक्रमित बढिरहँदा समग्रतामा निको हुनेहरुको सख्या भने त्यही रुपमा बढ्न सकेको छैन । तर क्षेत्रगत रुपमा हेर्दा प्रदेश नम्बर १ मा संक्रमितहरु निको हुनेको सख्या बढिरहेको देखिएको छ । प्रदेश १ मा भेटिएका कुल संक्रमित मध्ये ६९ प्रतिशत निको भएका छन ।

प्रदेश १ मा पछिल्लो समय कोराना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरुको संख्या बढ्दै गएको प्रदेश एक सरकारले बताएको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशस्तरमा कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गरिरहेकाले संक्रमित पहिचान, प्रभावकारी उपचार र अस्पतालबाट डिस्चार्ज हुनेहरुको संख्या उल्लेख्य रहेको बताए ।

मन्त्रालयका अनुसार प्रदेश एकमा बैशाख ५ मा पहिलो संक्रमण देखिएको थियो । असार १६ सम्म आइपुग्दा संक्रमित संख्या ५ सय ७८ पुगेको छ । जसमा महिला ८३ र पुरुष ४ सय ९५ जना रहेका छन् । संक्रमण देखिएका मध्ये ४ सय निको भएर घर फर्किएका छन् । मन्त्रालयको तथ्यांक अनुसार कुल संक्रमित मध्ये निको हुने ६९ प्रतिशत रहेका छन् ।

प्रदेश एकमा बैशाखमा ३५ जना संक्रमित देखिएकामा १६ जना डिस्चार्ज भएका थिए । बैशाखमा २ हजार ४ सय ३९ जनामा पीसीआर र ८ हजार ६ सय ७४ जनामा आरडिटी परिक्षण गरिएको थियो । जेठमा ३ सय ३६ जना संक्रमित थपिए भने १५० जना डिस्चार्ज भए । जेठमा १२ हजार ९ सय २१ ज्नामा पीसीआर र ६ हजार ९ सय २७ जनामा आरडिटी परिक्षण गरिएको थियो । असार १६ सम्म २०७ जनामा संक्रमण देखिएको छ भने २३४ जना डिस्चार्ज भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार प्रदेश एकमा २४ हजार ५७ जनाको पीसीआरबाट परिक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले प्रदेश एकका प्रदेश प्रयोगशाला, विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पतालमा रहेका तीनवटा प्रयोगशालाबाट कोरोना परिक्षण हुँदै आएको छ । धनकुटा र झापामा थप प्रयोगशाला निर्माणको काम भईरहेको मन्त्रालयले बताएको छ । विराटनगरको कोशी कोभिड अस्पतालमा हाल २७ जना, बीपी कोभिड अस्पतालमा ४२ जना, पीयु कोभिड आईसोलेसन अस्पतालमा ८८ जना उपचाररत रहेकोमा त्यहाँबाट २ जना विपी स्वास्थ विज्ञानमा रेफर गरिएको छ । त्यसैगरी कोभिड १९ आइसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरमा १८ जना उपचाररत रहेको प्रदेश एक सामजिक विकास मन्त्रालयले बताएको छ ।

प्रदेश एकमा झापाको १४ स्थानीय तह, मोरङगमा १२, सुनसरीमा ११, उदयपुरमा ७ स्थानीय तहमा संक्रमित फेला परेको मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सागर प्रसाईंले बताए । प्रदेश १ मा कोरोना कहरको बीचमा भेटिएका संक्रमित मध्ये हरेक दिन जसो नै स्वास्थ्यलाभ लिई घर फर्किने क्रम बढेको छ । घर फिर्ती हुनेहरुको तथ्याङले कोरोनाको भयावहका बीच दुःखको यस समयमा पनि थोरै भएपनि खुशीको संचार गरेको छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top