×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

नेपाल भित्र घुम्ने हरेक पर्यटक अब ट्रयाक हुने

१९ असार २०७७

१९ असार, काठमाडौं । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपालका पर्यटन व्यवसायी र होटल व्यवसायीलाई पर्यटन विभागमा दर्ता गर्न सूचना जारी गरी प्रोत्साहन गरिएको बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पर्यटन विभागको चालू आर्थिक वर्षका कार्यप्रगतिबारे सांसदहरुलाई जानकारी गराउँदै सबै होटल व्यवसायी र पर्यटन व्यवसायीलाई विभागमा दर्ता गर्ने प्रणालीको विकास गरिएको महानिर्देशक घिमिरेले बताए । उनले विभागमा दर्ता नभए कुनैपनि होटल व्यवसायी तथा पर्यटन व्यवसायीहरु इमिग्रेसनको दर्ता च्वाइसमा नपर्ने र पर्यटकहरु नआउने भएकाले दर्ता गर्न सूचना जारी गरिएको बताए ।

Advertisement

यस्तै नेपाल भित्र घुम्न आउने पर्यटकहरुलाई ट्रयाकिङ गर्ने प्रणालीको समेत विकास गरिएको बताए । यससँगै कुनै पनि पर्यटक कुन होटलमा गएर बसेको छ भन्ने कुराको ट्रयाक विभागले गर्न सक्ने उनले बताए । विभागमा दर्ता भएका होटलहरुले पर्यटकको पासपोर्ट इन्ट्री गर्नुपर्ने र त्यसको जानकारी प्रणालीबाट तत्काल जानकारी लिन सकिने कुराको विकास गरिएको बताए ।

यसबाहेक टुरीजम व्यवसायीहरुलाई कोरोनाको सन्दर्भमा पर्ने असरको बारेमा लकडाउन हुन अघि नै तालिम मार्फत जानकारी गराइएको बताए ।

बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले नेपालमा कति होटल छन र तिनमा कति कोठाहरु छन भन्ने सूचना अझैपनि नरहेको बताए । ति जानकारीहरु एकै प्लाटफर्ममार्फत थाहा पाउने व्यवस्था गर्न चुनौति रहेको बताए । उनले नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष र यस अघिका वर्षहरुमा डेढ करोड सम्मको बजेट बनाइएकोमा अहिले ८ देखि १० करोड सम्मको मात्र बजेट बनेको बताए ।

आगामी आर्थिक वर्षमा १० करोड बजेटले डेढ करोडको काम गर्नुपर्ने चुनौति बोर्डसँग रहेको जानकारी गराए । जसले गर्दा नेपालका पर्यटकीय क्षेत्रहरुको डिजिटल मार्केटिङको काममा केही कमि हुन सक्ने बताए । उनले बोर्डको अवको रणनीति विदेशमा नगइकन नेपालमै बसेर नेपालमै बोलाएर मार्केटिङ गर्ने र डिजिटल मार्केटिङ मार्फन मात्रै प्रचारप्रसारको काम गरिने योजना तयार गरिएको बताए । उनले बोर्डले कोभिड १९ बाट सबैभन्दा धेरै पर्यटन व्यवसायी र पर्यटन श्रमिकहरु परेकाले उनीहरुलाई सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा ड्राफ्ट तयार गरेर मन्त्रालय मार्फत राष्ट्र बैंक सम्म पु¥याइएको बताए ।

Advertisement

बैठकमा सांसदहरुले नेपालको सांस्कृतिक क्षेत्रको संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्न अझै धेरै काम गर्नुपर्ने बताए । अहिले सम्म नेपालको पर्यटन क्षेत्रको विकासका लागि काम हुन नसकेको तर धेरै नै बजेट खर्च हुने गरेको सांसदहरुले बताए । स्थानीय संस्कृति र पुराना संस्कृतिको संरक्षण गर्दै आधुनिक किसिमले पर्यटन व्यवसायलाई अगाडि बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top