Nepal Times
Nepal Times
3
Shares

आफ्नो मत खरिदबिक्री नगर्न आह्वान

आफ्नो मत खरिदबिक्री नगर्न आह्वान

धुलिखेल, २१ कात्तिक
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिदबिक्रीमा नलाग्न आह्वान गर्नुभएको छ ।

निर्वाचन आयोगले आज यहाँ आयोजना गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा डा यादवले राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गर्दै भन्नुभयो “मतदाता शिक्षा र मतदान गर्ने काम मतको सुरक्षा र सुनिश्चितताका लागि हो, जनताको मतविना प्रजातन्त्र सुदृढ हुन सक्दैन । त्यसको सुरक्षा कसरी गर्ने भन्ने जिम्मेवारी हामी र हाम्रो हो । ”

डा यादवले जनशक्ति खटनपटनमा ट्रेड युनियनको प्रभावमा नपरी काम गर्न प्रजिअ र जिल्ला निर्वाचन अधिकृतलाई आग्रह गर्नुभयो । “प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी र निर्वाचन अधिकृतलगायतलाई दबाब आउनु सक्छ कि त्यहाँ फलानालाई मिलाइदिनुस् भनेर, त्यो चुनौतीको विषय हो ।” उहाँले भन्नुभयो, “त्यसलाई उचित ढंगले समाधान गर्दै मतदानस्थलमा खटिने जनशक्तिको उचित व्यवस्थापन गर्न लाग्नुहोस् ।

डा यादवले राजनीतिक दल र जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिलाई नगरमा सरसफाइको काममा ध्यान दिन पनि आग्रह गर्नुभयो । निर्वाचनमा नगर बोर्ड, ब्यानर, झण्डा र पोष्टरले रंगाउन सक्ने भएकाले त्यस्ता वस्तुलाई मनगर र नगरभित्र राख्न नलगाउन सम्बन्धित पक्षलाई आग्रह गर्दै भन्नुभयो, “नगरलाई आजैदेखि सफा राख्नका लागि म प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र नगरपालिकालाई आग्रह गर्न चाहन्छु । नगरको सभ्यता जनताको सम्पत्ति भएकाले फोहर गर्न नदिनुस् ।”

आयोगका सहसचिव नवराज ढकालले मतदानको प्रक्रियामा केही परिमार्जन भएकाले त्यसमा ध्यान दिन सबै कर्मचारीलाई आग्रह गर्नुभयो । “मतपत्रमा भएको डिजाइन र मतदान प्रक्रियामा भएको लेआउटको परिवर्तनको बारेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई थप प्रशिक्षण गराउनुपर्ने भएको छ ”, ढकालले भन्नुभयो, “त्यससँगै ४०० भन्दा बढीको संख्यामा विदेशी पर्यवेक्षक पनि आउने भएकाले उहाँहरुले हेर्ने विषयमा ध्यान दिन आग्रह गर्दछु ।”
आज(मङ्गलबार र भोलि(बुधबार) गरी दुई दिनसम्म चल्ने प्रशिक्षणमा काभ्रेपलाञ्चोकलगायत, काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रौतहट, पर्सा, चितवन, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप र सिन्धुली गरी १७ जिल्लाका ८१ अधिृकतको सहभागिता छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.