आजका प्रमुख खबरहरुः
१.(एकै दिन चार)
नेपालमा कोरोनाबाट एकैदिन ४ जनाको मृत्यु भएसंगै मृतकको संखया ५६ पुग्यो /आजै २ सय २४ नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुग्यो/१४ हजार ३ सय ९९ जना निको भए ।
२.(परीक्षण दर बढाउ)
शुक्रबारसम्म पीसीआर विधिबाट ३ लाख ७५ हजार ४ सय १६ जनाको कोरोना परीक्षण / देशभर १२ हजार १ सय ११ जना क्वारेन्टिनमा /५ हजार ३ सय १६ जना आइसोलेसनमा ।
३.(विराटनगरमा लकडाउन)
समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा /आज राति १२ बजेदेखि ३० गतेसम्म लकडाउन गर्ने र लकडाउनपछि बीचको अवस्थालाई हरेर थप निर्णय गरिने ।
४.(दिनहुँ भेटिदै संक्रमित)
विराटनगरमा ११ सहित प्रदेश १ मा आज एकैदिन ३१ जना नयाँ कोरोना संक्रमित थपिए/ विराटनगरमा १ सय ८ र प्रदेशमा सक्रमितको संख्या १ हजार २४ पुग्यो ।
५.(स्थानीयलाई अधिकार)
कोरोना भाईरस संक्रमणको अवस्था हेरी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ का स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने /संक्रमितहरुको पहिचान गरि पीसीआर परीक्षण गराउने र सामाजिक विकास मन्त्रालयले पीसीआरको संख्या र दायरा पनि बढाउने ।
६.(घर भित्रै इद)
भोलि शनिवार मुस्लिम धर्मावलम्बीहरुले इद उल अजाह मनाउदै /कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै घरमै बसेर इद उल अजाह मनाउन मुस्लिम आयोगको मुस्लिम धर्मालम्बीहरुलाई आग्रह ।
७.(‘इनफ इज इनफ’)
प्रधानमन्त्री निवास बालुवाटारअघि शान्तिपूर्ण प्रदर्शनमाथि उत्रिएकामाथि प्रहरीको धरपकड/धरपकड गरिएका ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई स—सम्मान रिहाइ गर्न विवेकशील नेपालीले माग ।
८.(नक्कली सुन प्रकरण)
साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरेको घटनाको अनुसन्धानमा बागबजारस्थित प्रहरी जवान प्रशन्न श्रेष्ठको कोठाबाट थप एक किलो सुनजस्तो देखिने धातु बरामद /चाँदीमा सुनको जलप लगाउने कालिगढ पक्राउ ।
९.(सूचनाको औचित्य)
सत्य तथ्य सूचनाको सम्प्रेषणले राष्ट्र निर्माणमा ठूलो सहयोग पुग्ने राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीको भनाई /सूचना नपाउँदा जनतामा आउने अन्यौलताको अन्त्य गर्न राज्यलाई सहयोग गर्दै जवाफदेही भूमिका खेल्नुपर्नेमा जोड ।
१०.(बीमाको बाटो)
बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /विशिष्ट श्रेणीमा कम्तिमा ५ वर्षको अनुभव वा उच्च पदस्थ तहमा १० वर्ष काम गरेको अनुभव भएको व्यक्ति अध्यक्ष बन्न सक्ने ।
११.(पशुपतिमा आन्दोलन)
पशुपति क्षेत्र विकास कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय आन्दोलित /धर्म, संस्कृति, सभ्यता, प्राचीन वस्तीको विनास हुनेगरी गुरुयोजना आएको आरोप ।
१२.(कसले कुट्यो नेपाली ?)
मलेसियामा एक नेपाली सुरक्षा गार्ड कुटिएको सार्वजनिक भिडियोका विषयमा मलेसियास्थित नेपाली दूतावासले अनुसन्धान थाल्यो /निर्घात कुटिएका पीडितको पहिचान खोज्दै पीडितलाई सम्पर्कमा आउन दूताबासको आग्रह ।
१३.(कुवेतमा प्रतिबन्ध)
कुवेतले अगस्ट १ बाट हवाई उडान पुनः सूचारु गरेपनि नेपालसहित ७ देशका नागरिकलाई तत्काल कुवेत प्रवेशमा प्रतिबन्ध / प्रतिबन्ध लगाउने निर्णयसंगै कुवेतबाट नेपाल फर्किने नेपाली श्रमिकहरु थप समस्यामा ।
१४.(सुन उकालो चाँदी ओरालो)
सुनको मूल्यले दिनँहु नयाँ कीर्तिमान बनाउँदै /सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेर हालसम्मकै उच्च तोलाको ९९ हजार ३ सय रुपैयाँ कायम /चाँदीभने तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण ।
र,
१५.(कोरोनाको खबर)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ६ लाख ७७ हजार बढीको मृत्यु / १ करोड ७५ लाख कढी संक्रमित /१ करोड ९ लाख बढी संक्रमित निको भए /भारतमा संक्रमितको सं्ख्या १६ लाख माथि ।