×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

०७६–०७७ मा नेपालभर ५५५ हत्या, ६२४१ आत्महत्या र २१४४ बलात्कार

१८ श्रावण २०७७

१८ साउन, काठमाडौं ।
आर्थिक वर्ष २०७६–०७७ मा देशभर ५ सय ५५ जनाको हत्या भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार यो एक वर्षमा देशभर ६ हजार २ सय ४१ जनाले आत्महत्या गरेका छन् भने २ हजार १ सय ४४ वटा बलात्कार सम्बन्धी घटना भएका छन्। प्रहरीमा दर्ता भएको रितपूर्वकको किटानी जाहेरीका आधारमा यो तथ्यांक तयार भएको हो।

Advertisement

उपत्यकामा ३५, प्रदेश–१ मा एक सय १३, प्रदेश–२ मा एक सय ११, बागमती प्रदेशमा ८१, गण्डकी प्रदेशमा ४३, प्रदेश–५ मा ९३, कर्णाली प्रदेशमा २७ र सुदुर पश्चिम प्रदेशमा ५२ वटा हत्याका घटना भएका छन्।

देशभर ज्यान मार्ने उधोग सम्बन्धी ८ सय ६९ घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। भवितव्य भएर ज्यान गुमाउनेको संख्या चार हजार २ सय रहेको छ। आर्थिक वर्ष ०७६–०७७ मा उपत्यकामा मात्र पाँच सय ४६ जनाले आत्महत्या गरेका छन्।

प्रदेश–१ मा एक हजार ३ सय ३७, प्रदेश–२ मा ८ सय ८, बागमती प्रदेशमा ९ सय २९, गण्डकी प्रदेशमा पाँच सय ९०, प्रदेश–५ मा १ हजार २ सय १, कर्णाली प्रदेशमा २ सय ८६ र सुदुर पश्चिम प्रदेशमा पाँच सय ४४ जनाले आत्महत्या गरेका छन्।

देशभर एक सय ३८ वटा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्धा दर्ता भएको जनाइएको छ। यसैगरि उपत्यकामा २ सय ६६, प्रदेश–१ मा चार सय ८५, प्रदेश–२ मा २ सय ८८, बागमती प्रदेशमा २ सय ५६, गण्डकी प्रदेशमा एक सय ६१ , प्रदेश–५ मा ३ सय ४८, कर्णाली प्रदेशमा एकसय ३९ र सुदुर पश्चिम प्रदेशमा २ सय वटा बलात्कार सम्बन्धी घटना भएको छ।

देशभर ६ सय ८७ वटा मुद्धा बलात्कार प्रयाससँग सम्बन्धी दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बहुविवाहका सात सय ३४ र वाल विवाहका ६४ मुद्धा दर्ता भएका छन्। लागु औषध सम्बन्धि देशभर २ हजार ८ सय ८५ मुद्धा दर्ता भएका छन्।

उपत्यकामा चार सय २, प्रदेश–१ मा पाँच सय २९, प्रदेश–२ मा ६ सय ३८, बागमती प्रदेशमा २ सय ७०, गण्डकी प्रदेशमा २ सय ९१, प्रदेश–५ मा चार सय ९४, कर्णाली प्रदेशमा ९० र सुदुर पश्चिम प्रदेशमा एक सय ७१ वटा मुद्धा लागु ‍औषध सम्बन्धी छन्।

वर्षभर दर्ता भएका सबैभन्दा बढी मुद्धा सार्बजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको अपराध सम्बन्धी छन्। यो मुद्धाको संख्या ९ जहार पाँच सय १७ छ। सार्बजनिक शान्ती बिरुद्धको अपराध सम्बन्धी मुद्धाको संख्या एक हजार पाँच सय ६० छ।

कमजोर कसुर मानिने यी दुवै मुद्धा ‘सार्वजनिक मुद्धा’का रुपमा पनि चिनिन्छन् जसको सुनुवाई जिल्ला प्रशासन प्रमुखले गर्छन्। आर्थिक वर्ष २०७५–७६ मा देशभर ६ सय ५९ जनाको हत्या भएको थियो। पाँच सय हजार सात सय ५४ वटा आत्महत्याका घटना भएका थिए।

आत्महत्या दुरुत्साहन सम्बन्धी ६२ वटा मुद्धा दर्ता भएका थिए। जबर्जस्ती करण अर्थात बलात्कार सम्बन्धी २ हजार २ सय ३३ वटा मुद्धा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। लागु ‍औषध सम्बन्धी ३ हजार ७ सय ३ वटा मुद्धा दर्ता भएका थिए।

Advertisement

सार्बजनिक हित स्वस्थ्य सुरक्षा बिपरीत कसुरमा ७ हजार ३ सय १६, केही सार्वजनिक अपराधमा एक हजार ९ सय ८ र सार्बजनिक शान्ती बिरुद्ध अपराधमा एक हजार ३ सय २६ वटा मुद्धा दर्ता भएको थियो।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top