२८ साउन, काठमाडौं ।
ललितपुरको किस्ट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी ७८ वर्षीया महिलाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।
काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको र आज विहान ९ बजे रिपोर्ट पोजेटिभ आएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।
उनलाई यही साउन २६ गते पाटन अस्पतालबाट किस्टमा रिफर गरेको पाठकको भनाइ छ।