×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उडान नखुलेपछि प्रवासीको चेतावनी : अब पैसा हुण्डी गर्छाैँ

२८ श्रावण २०७७

प्रकाश बन्जारा
२८ साउन, सुनसरी ।
भदौ १ गतेदेखि अन्तर्रास्ट्रिय हवाई उडान सुरु गर्ने निर्णयबाट सरकार पछि हटेपछि प्रबासी नेपाली सरकारमाथि खनिएका छन् । सामाजिक संजालको प्रयोग गर्दै नियमित उडानको पर्खाइमा रहेका नेपालीहरुले सरकारले बिदेशमा रहेका नेपालीको पीडा नबुझेको आरोप लगाएका छन् ।

हिजोसम्म रेमिट्यान्सले अर्थतन्त्र धानेको भएपनि अब सरकारको बेवास्तालाई हेरेर हुण्डी लाई प्रश्रय दिने समेत संजाल मार्फत उनीहरुले बताएका छन् । ३० महिना पहिले रोजगारीको लागि सयुक्त अरब इमिरेट्स युएई गएका झापाका दिपेश गिरिले सामाजिक संजाल फेसबुकमा अब चाडै नेपाल जाने प्रबन्ध नबनाएको भन्दै अब हुण्डीबाट रेमिट्यान्स पठाउनु पर्ने बिचार राखेका छन् । गिरिले रेमिट्यान्स पठाउनेको बेवास्ता गरेको गुनासो गरेका छन ।

अर्का युवा धादिङका सन्तोष खतिवडाले सरकारको कमजोर मानसिकता र सिमित ब्यक्ति र कम्पनीको फाइदाको लागि नियमित उडान नखुलाइएको आरोप लगाएका छन । कोभिड १९ कालागि सम्पूर्ण मापदण्ड पूरा गरेर नियमित उडान नखुलाउदा संक्रमण नहुने दाबीगर्दै खतिवडाले सरकारले चार्टर्ड फ्लाइटको नाममा ४ गुणा महँगो टिकट बेचेर नियमित उडान नखुलाएको आरोप लागाएका छन् ।

वैदेशिक रोजगारमै रहेका अर्का केदार पाण्डेले आफ्नै खर्चमा पिसिआर टेस्ट गरेर आउन चाहाने नेपालीहरु नियमित उडान नहुदा मारमा परेको भनाइ राखेका छन। सरकारले उद्दारको नाममा चार्टर उडान गरेर ४५ हजार भन्दा बढी नेपाली देश फर्काएको भएपनि नियमित उडान नहुदा अबसर पाएका नेपाली समेत रोजगार गुमाउन बाध्य भएका छन् ।

रोजगारदाताले रोजगारीमा बोलाएका कतिपयको भिसाको म्याद सकिँदैछ त कति आफ्नो करार अबधि सकेर देश फर्किन पनि पाएका छैनन् । उडान नहुदा कतिपय कामदारहरु कम्पनीले दिएको अतिरिक्त रकम समेत खाएर खर्च सकिएर अलपत्र अबस्थामा पुगेका छन् । बन्द भएका कम्पनीले समेत आफ्ना कामदारलाई फिर्ता पठाउन चार्टर उडानमा अनुमति नपाएको प्रवासी नेपालीहरुले बताएका छन् ।

हाल सम्म उद्दार उडानमा आएका नेपालीहरु नेपाली दूतावासले प्राथमिकताका आधारमा नाम सिफारिस भएर आएका छन भने कतिपय दूतावासले निकालेको नाम लिस्ट्मा आफ्नो नाम नभएको भन्दै स्वदेश फर्किन नियमित उडानको प्रतिक्षामै बसेका छन् ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top