३० साउन, एजेन्सी ।
अस्ट्रेलियामा पछिल्लो तीन सातायता कोरोनाभाइरसको संक्रमण घट्दो क्रममा देखिएको छ।
बिहीबार तीन सातायताकै सबैभन्दा कम संक्रमित भेटिएका छन्। बिहीबार त्यहाँ २ सय ९३ नयाँ संक्रमित थपिएका छन्। यो संख्या २० जुलाईयता एकदिनमा संक्रमण देखिएको सबैभन्दा थोरै हो। बुधबार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको थियो।
हिजो भेटिएका २ सय ९२ संक्रमितमध्ये सबैभन्दा धेरै भिक्टोरिया राज्यका मात्रै २ सय ७८ जना छन्। भिक्टोरियाको राजधानी मेलबर्नमा ३ अगस्टदेखि बन्दाबन्दी गरिएको छ। अस्ट्रेलियामा कोरोनाभाइरसका कुल संक्रमितको संख्या २२ हजार ३ सय ५८ पुगेको छ।
जसमध्ये १३ हजार संक्रमणमुक्त भइसकेका छन् भने ३ सय ६१ जनाको मृत्यु भएको छ। त्यहाँ अब ८ हजार ९ सय ९६ सक्रिय संक्रमित उपचाररत छन्।