३० भदौ, काठमाडौं ।
लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै १ गतेदेखि यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने बताए । उनले संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने बताए ।