Nepal Times
Nepal Times
3
Shares

समाजसेवी अनुराधा कोइराला कांग्रेसमा प्रवेश

समाजसेवी अनुराधा कोइराला कांग्रेसमा प्रवेश

काठमाडौंः ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्।

आइतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच कोइरालालाई पार्टीमा स्वागत गरेका हुन्। चेलीबेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक वृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको बताउदै पार्टी प्रवेश गरिन्।

‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’ कोइरालाले पार्टी प्रवेशपछि भनिन्, ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।’

कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने दावी गर्दै लोकतन्त्रलाई थप मजबुत गराउन कांग्रेसको विजय अनिवार्य भएको बताईन्। उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई मतदान गर्नसमेत अपिल गरिन्।

सामाजिक क्षेत्रमा सक्रिय कोइरालाले महिला, दलित, जनजाति, मधेसी लगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्न कांग्रेसको विकल्प नरहेको बताइन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.