४ असाेज, सुनसरी।
सुनसरी हरिनगरा-४ बस्ने २२ बर्षीय सुशिल मेहताको खोलामा डुबेर मृत्यु भएको छ । आज बिहान ११ बजे सोही स्थानमा रहेको मारिया खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हाे ।
स्थानीयले मृत्यु भएकाे जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय हरिनगराकाे प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।