१४ आश्विन, काठमाडौं ।
अपहरण गरेको अभियोगमा डेविट भनिने दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंबाट मंगलवार साँझ केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो। मलेसियमा बसेर गुन्डागर्दी गरेको तथा अपहरणको उजुरी परेपछि नेपाल आएको समयमा उनलाई नियन्त्रणमा लिएको व्यूरोका डीआइजी सहकुल थापाले बताए।
पीडित परिवारले उजुरी दिएपछि हामीले नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान भइरहेको छ, डीआइजी थापाले भने। डेविडले १५ लाख रुपैयाँ फिरौती मागेको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका श्रेष्ठ मलेसियमा रेष्टुरेष्ट तथा डान्सबार संचालन गर्दै आएका छन्। उनले काठमाडौंको दरबारमार्गमा समेत रेष्टुरेष्ट संचालन गर्ने तयारी गरिरहेका थिए। उनी धेरै जसो मलेसियमा नै बस्दै आएका छन्।