Nepal Times
Nepal Times
3
Shares

प्रमूख शाक्यद्वारा विभागीय प्रमुखलाई निर्देशन

प्रमूख शाक्यद्वारा विभागीय प्रमुखलाई निर्देशन

काठमाडौँ, २६ कात्तिक
काठमाडौँ महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यले ढल व्यवस्थापन, हरियाली निर्माण, नियमविपरित राखिएका विज्ञापन तत्काल हटाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको थियो ।

आज सञ्चारकर्मीसँग कामपाका केही स्थानमा गरिएको अवलोकनपछि प्रमुख शाक्यले सञ्चारकर्मीसँग कुरा गर्दै परम्परागतरुपमा हुने कामपाको सफाइ अभियानलाई अन्त्य गर्दै नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो ।

उपप्रमुख हरिप्रभा श्रेष्ठ (खड्गी) सँगै शाक्यले आज सुन्धारा, न्युरोड, रत्नपार्क, जमलमा रहेको आइल्याण्ड निर्माणको अवलोकन गर्नुभएको थियो ।

कामपाका सहप्रवक्ता नवराज ढकालका अनुसार अहिले त्रिपुरेश्वर, सुन्धारा, न्युरोड रत्नपार्कलगायत स्थानमा सडक छेउछाउ र सडकको बीच भागमा रहेको खाली स्थान (आइल्याण्ड) मा हरियाली बनाउनका लागि रूखबिरुवा रोप्ने काम भइरहेको छ ।

“कालीमाटी, एयरपोर्ट आसपास स्थानमा भने मर्मतका काम भइरहेको छ”, सहप्रवक्ता ढकालले भन्नुभयो । कामपाले हाल तीस स्थानमा आइल्याण्ड निर्माणको काम गरिरहेको छ ।

प्रमुख शाक्यले एक हप्ताभित्र सक्नेगरी काम गर्न निर्देशन दिनुभएकाले सोही अनुरुप काम भइरहेको वातावरण व्यस्थापन विभागका प्रमुख रवीन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

हप्ताभित्र सक्नेगरी महानगरका विभिन्न स्थानमा आइल्याण्ड निर्माणको काम तीव्रगतिमा शुरु गरेको छ । प्हिलो चरणमा नयाँ निर्माण गर्ने काम गरिनेछ भने दोस्रो चरणमा निर्माण भइसकेको स्थानमा मर्मत गरिनेछ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.