Nepal Times
Nepal Times
3
Shares

तीन नम्बर प्रदेशलाई नमूना प्रदेश बनाउँछु ः उपाध्यक्ष शाक्य

तीन नम्बर प्रदेशलाई नमूना प्रदेश बनाउँछु ः उपाध्यक्ष शाक्य

काठमाडौँ, २६ कात्तिक
नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तीन नं प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्ने बताउनुभएको छ ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज यहाँ आयोजना गरेको ‘सन्डे क्लब’मा पत्रकारसँग उहाँले प्रकृतिक स्रोतसाधनले धनी तीन नं प्रदेश दीर्घकालीन योजना बनाएर समृद्ध र आत्मविश्वासी प्रदेशका रुपमा स्थापित गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

एमालेको तीन नं प्रदेशको प्रमुखसमेत रहनुभएकी शाक्यले वाम एकता हुनु राज्यको आवश्यकता रहेको औँल्याउँदै वाम गठबन्धन सहितको सरकारले मात्र देश सफल रुपमा सञ्चालन गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।

निर्वाचन निष्पक्ष हुनुपर्ने आफ्नो पार्टीको मान्यता रहेको तर पछिल्लो समय निर्वाचनमा आर्थिक चलखेलसमेत हुने गरेकोप्रति दुःख व्यक्त गर्दै सचेत नेपाली जनतालाई पैसाको चलखेलले कुनै असर नपार्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं ३ को मुख्य मन्त्रीको दाबेदारसमेत रहनुभएकी शाक्यले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो ।

सो पत्रकार समूहका उपाध्यक्ष अम्बिका राजथलाले पितृसत्ता र सामन्तवादी सोचका कारण अझै पनि क्षमतावान महिला पछि पर्नुपरेको हँुदा सबैखाले चुनौतीको सामना गर्न महिला तयार रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.