×

NEPAL TIMES UPDATES

Playing
साक्षीको बकपत्र गर्दा सरकारी वकीलको अनिवार्य उपस्थिति|| Nepal Times
Apr 28, 2026
Playing
नयाँ शैक्षिक सत्रको भर्ना आजदेखि सुरु || Nepal Times
Apr 28, 2026
Playing
रुसले इरानलाई सहयोग गर्ने, पुटिनलाई भेटेर अराघचीले भने असफल अमेरिका वार्ता गर्न चाहान्छ| Nepal Times
Apr 28, 2026
Playing
३ दिनमा १० हजार सुकुम्बासी प्रभावित, मनोहरामा विद्यालयसहित सबै घर भत्काइए|| Nepal Times
Apr 28, 2026
Playing
आज र भोलि यी स्थानमा भारी वर्षाको सम्भावना|| Nepal Times
Apr 28, 2026
Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

२९ फाल्गुन २०८२

२९ फागुन , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी जीवित रहेको तर गम्भीर घाइते भएको दाबी गरिरहेका बेला खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)’मा अवरोध जारी राख्ने बताएका छन् ।

Advertisement
Advertisement

इरानी सरकारी टेलिभिजनमार्फत प्रसारित सन्देशमा उनले यस्तो बताएका हुन् । सन्देश भने उनले प्रत्यक्ष रूपमा नदिई समाचार वाचकमार्फत पढेर सुनाइएको थियो । अमेरिका र इजरायलले फेब्रुअरी अन्तिम साता हवाई आक्रमण गर्दा इरानका अघिल्ला सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनी मारिएका थिए ।

त्यसपछि उनकै छोरा मोज्तबा खामेनीलाई सर्वोच्च नेता नियुक्त गरिएको थियो । सर्वोच्च नेता बनेपछि उनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । उनको कुनै तस्बिर वा भिडियो पनि बाहिर आएको छैन । तर उनको सन्देश भनेर इरानको सरकारी टेलिभिजनमा एक जना प्रस्तोताले पढेर सुनाएका थिए ।

सन्देशमा उनले अमेरिका र इजरायलसँगको युद्धमा मारिएका इरानीहरूको ‘रगतको बदला लिने’ बताएका छन् । साथै छिमेकी देशहरूलाई आफ्नो भूमिमा अमेरिकी सैन्य अड्डा सञ्चालन गर्न नदिन चेतावनी पनि दिएका छन् । आफ्नो पहिलो सार्वजनिक सन्देशमा खामेनेईले स्ट्रेट अफ होर्मुज अवरुद्ध गर्नु इरानका लागि ‘रणनीतिक दबाबको साधन’ भएको बताएका छन् ।

उनका अनुसार यो क्षेत्र यस्तो स्थान हो जहाँ ‘शत्रु अत्यन्त कमजोर’ छ । उनले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य बनाएर आक्रमण जारी राख्ने पनि बताएका छन् । इद्यपि इरानले छिमेकी मुलुकहरूसँग ‘मैत्रीपूर्ण सम्बन्ध’ राख्ने नीति अपनाएको भन्दै उनले ती देशहरूलाई अमेरिकी सैन्य अड्डा बन्द गर्न आग्रह गरेका छन् ।

‘हामी १५ वटा छिमेकी देशसँग स्थल वा समुद्री सीमा जोडिएका छौं र सधैं उनीहरूसँग सकारात्मक सम्बन्ध चाहेका छौं,’ उनले सन्देशमा भनेका छन्, ‘तर हाम्रो देशमाथि आक्रमण गर्ने र हाम्रा नागरिकको हत्या गर्ने पक्षप्रति उनीहरूले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ । म उनीहरूलाई अमेरिकी अड्डा यथाशीघ्र बन्द गर्न सुझाव दिन्छु ।’

इरानले विश्वको करिब पाँचौं भाग तेल आपूर्ति हुने मार्ग मानिने स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजहरूलाई निशाना बनाउने चेतावनी दिइसकेको छ । सो बाटो भएर आउजाउ गर्ने तेल ट्यांकरको आवागमन अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेको छ ।

तेहरानले बुधबार विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ । साथै अमेरिका, इजरायल र उनीहरूको साझेदार देशतर्फ जाने कुनै पनि तेल ट्यांकरमाथि आक्रमण हुन सक्ने चेतावनी दिएको छ । यता अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले विश्व तेल बजारले अहिले ‘इतिहासकै सबैभन्दा ठूलो आपूर्ति अवरोध’को सामना गरिरहेको जनाएको छ ।

अहिलेको समस्या समाधानका लागि एजेन्सीले ४० करोड ब्यारेल तेल विश्वबजारमा पठाउने निर्णय गरिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी जीवित रहेको तर गम्भीर घाइते भएको दाबी गरेका छन् । फक्स न्यूजसँगको एक अन्तर्वार्तामा ट्रम्पले यस्तो बताएका हुन् ।

यसअघि बेलायती पत्रिका द सनको एक रिपोर्टले फेब्रुअरी २८ मा भएको आक्रमणमा मुज्तबा खामेनी गम्भीर घाइते भएको दाबी गरेको थियो । रिपोर्टका अनुसार, उनलाई यति गम्भीर चोट लागेको थियो कि उनको एउटा खुट्टा काट्नुपरेको थियो । उनको पेटमा पनि गम्भीर चोट लागेको थियो ।

रिपोर्टमा उनी कोमामा रहेको र तेहरानमा कडा सुरक्षा व्यवस्थामा उपचार भइरहेको पनि उल्लेख गरिएको छ । इरानी अधिकारीहरूले आक्रमणमा मोज्तबा घाइते भएको, सुरक्षित रहेको र विस्तारै निको हुँदै गरेको बताएका छन् । यस्तै इरानका सरकारी सञ्चारमाध्यमहरू फार्स न्युज एजेन्सी र नुर न्युजले इरानका दिवंगत पूर्वसर्वोच्च नेता आयातोल्लाह अली खामेनीईकी पत्नीको मृत्यु भएको भनिएका समाचारको खण्डन गरेका छन् ।

यसअघि अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणका क्रममा लागेको चोटका कारण उनको मृत्यु भएको खबर सार्वजनिक भएको थियो । इरानका दोस्रो सर्वोच्च नेता खामेनीईको गत फेब्रुअरी २८ मा तेहरानस्थित उनको निवासमा अमेरिका र इजरायलको संयुक्त हवाई हमलामा परी मृत्यु भएको थियो ।

फार्सले बाघेरजादेहको मृत्युबारेका सुरुआती रिपोर्टहरू गलत भएको र नेताको हत्यापछि फैलिएको भ्रामक जानकारीलाई सच्याउन खोजेको बताएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्सँग सम्बद्ध नुर न्युजले भनेको छ, “सहिद क्रान्तिकारी नेताकी पत्नी जीवित हुनुहुन्छ र उनको शहादतको बारेमा प्रकाशित सुरुआती समाचार गलत थियो ।”

यी सञ्चारमाध्यमहरूले उनको स्वास्थ्य अवस्थाबारे थप विवरण दिएका छैनन् । अघिल्ला रिपोर्टहरूसँग किन बाझियो भन्नेबारे पनि स्पष्ट पारेका छैनन् । सीएनएनले स्वतन्त्र रूपमा यी रिपोर्टहरूको पुष्टि गर्न नसकेको बताएको छ । यस महिनाको सुरुमा अन्य इरानी सञ्चारमाध्यमहरूले बाघेरजादेहको सोही आक्रमणमा लागेको चोटका कारण मृत्यु भएको रिपोर्ट गरेका थिए ।

अर्ध–सरकारी इरानी स्टुडेन्ट्स न्युज एजेन्सीले आक्रमणपछि उनी कोमामा रहेको र पछि उनको मृत्यु भएको रिपोर्ट गरेको थियो । अर्काेतर्फ संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको छ । युएईकी विदेश राज्यमन्त्री लाना नुसैबेहले पत्रकारसँग कुरा गर्दै अमेरिकालाई आफ्नो देशको जमिन र आकाशको प्रयोग गर्न भने अनुमति नदिइने बताएकी हुन् ।

उनले इरानले गरेको आक्रमणको भने आफ्नो देशले आत्मरक्षाका लागि आवश्यकता कदम चाल्ने बताइन् । युएईका अमेरिकन बेसहरुलाई लक्षित गर्दै इरानले आक्रमण गरिरहेको छ । यसअघि स्पेनले पनि अमेरिकालाई आफ्नो जमिन नदिने बताएको थियो भने बेलायतले यो निर्णय गर्न ढिलाइ गरेको भन्दै ट्रम्पले असन्तुष्टि ब्यक्त गरेका थिए ।

अहिले आएर युएईले समेत जमिन नदिने भएपछि इरानविरुद्धको अमेरिकी मिसन प्रभावित हुने भएको छ । अमेरिकाका कारण मध्यपूर्वका यूएई, कतार, साउदी अरेयिबा, कुबेत इरानको आक्रमणको समाना गरिरहेका छन् ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top