×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

३ बैशाख २०८३

३ वैशाख , काठमाण्डौ।

अमेरिकी रिपोर्टहरुले इरान युद्ध जारी रहँदा चीनले इरानलाई व्यापक सहयोग गरिरहेको खुलाएका छन् । यसमा हतियारदेखि स्याटलाइट सूचनासम्मका सहयोग रहेका छन् । यिनै रिपोर्टका आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई धम्की पनि दिन भ्याइसकेका छन् भने इरानलाई हतियार नदिनका लागि सी जिंगपिंगलाई चिठीसमेत पठाएका छन् ।

Advertisement
Advertisement

यी सबै कुराहरुलाई चीनले भने अस्वीकार गरेको छ, यद्यपि उसले इरानमाथिको युद्ध र होर्मुज स्ट्रेटमा लगाएको नाकाबन्दीको खुलेर आलोचना गरेको छ । इरान र आफ्नो सम्बन्धमा प्रतिक्रिया नजनाउन, होर्मुजमा आफ्ना जहाजहरु नरोक्न पनि चीनले अमेरिकालाई चेतावनी दिदै आएको छ ।

यसैबीच हालैको युद्धमा पश्चिम एसियाका विभिन्न मुलुकमा अवस्थित अमेरिकी सैन्य अखडाहरूलाई निसाना बनाउन इरानले चिनियाँ जासुसी स्याटलाइट प्रयोग गरेको फाइनान्सियल टाइम्सले जनाएको छ ।इरानी सेनाको बाहिरिएको दस्तावेजको हवाला दिँदै सो पत्रिकाले इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सको एरोस्पेस फोर्सले २०२४ को अन्त्यतिर चीनले अन्तरिक्षमा पठाइसएको टीईई–०१बी नाम जासुसी स्याटलाइट किनेको बताएको छ ।

पछि इरानी सेनाले सो स्याटलाइटलाई प्रमुख अमेरिकी सैन्य ठेगानाहरूको निगरानीमा उपयोग गरेको थियो । सो स्याटलाइट अर्थ आई को नामक चिनियाँ कम्पनीले बनाएर प्रक्षेपण गरेको थियो । स्याटलाइटले साउदी अरबस्थित प्रिन्स सुल्तान एयर बेसको मार्च १३, १४ र १५ मा तस्बिर खिचेको थियो ।

मार्च १४ का दिन अमेरिकी सैन्य विमानहरूमाथि सोही बेसमा आक्रमण भएको डोनाल्ड ट्रम्पले बताएका थिए । जसमा पाँच वटा आकाशमै इन्धन भर्ने विमानमा क्षति पुगेको थियो । सोही स्याटलाइटले जोर्डनस्थित एयर बेस र इराकस्थिति एरबिल विमानस्थलको पनि तस्बिर लिएको थियो, जहाँ इरानी सेनाले आक्रमण गरेको थियो ।

‘यो स्याटलाइट स्पष्ट रुपमा सैन्य उदेश्यले प्रयोग गरिएको छ,’ साइन्सेस पो युनिभर्सिटीकी इरान विज्ञ निकोल ग्रेज्युस्की भन्छिन् । चिनियाँ विदेश मन्त्रालयले भने सो रिपोर्ट झुटो भएको बताएको छ । यो युद्धमा इरानले रुससँँग पनि सहायता लिएको बताइएको छ ।

यता करिब दुई दशकदेखि चीन र इरानबीचको सम्बन्धमा एउटा सन्तुलन कायम रहँदै आएको छ । चीनले इरानलाई सिधै हतियार बिक्री गर्नुको सट्टा परोक्ष रूपमा सहयोग गर्दै आएको बताइएको छ । युद्ध सुरु भएपछि अमेरिकी अधिकारीहरूको ध्यान पुनः यस विषयतर्फ केन्द्रित भएको छ ।

गुप्तचर एजेन्सीहरूले चीनले इरानलाई ‘सोल्डर–फायर्ड’ (काँधबाट प्रहार गर्न मिल्ने) मिसाइलहरू पठाएको छ वा छैन भन्नेबारे अनुसन्धान गरिरहेका छन् । अमेरिकी अधिकारीहरूका अनुसार, अहिलेसम्म यसको ठोस प्रमाण फेला परेको छैन । यदि यस्तो पुष्टि भएमा, पश्चिम एसियामा चीनको रणनीतिमा ठूलो परिवर्तन आएको मानिनेछ ।

डोनाल्ड ट्रम्पले यस्तो आरोप पुष्टि भएमा चीनबाट आयात हुने वस्तुमा ५० प्रतिशतसम्म अतिरिक्त ट्यारिफ (भन्सार शुल्क) लगाउने चेतावनी दिएका छन् । चीनले भने यी आरोपहरू अस्वीकार गर्दै ट्यारिफ लगाएमा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

चीनले सन् १९८० को दशकमा इरानलाई ठूलो मात्रामा हतियार बेचेको थियो । तर, पछिल्लो एक दशकमा यस्तो कारोबार लगभग बन्द भएको छ, जसको मुख्य कारण अन्तर्राष्ट्रिय दबाब हो । सन् २००६ पछि संयुक्त राष्ट्रसंघले इरानको परमाणु र ब्यालिस्टिक मिसाइल कार्यक्रममा कडा प्रतिबन्ध लगाएको छ ।

यसका कारण कुनै पनि देशका लागि इरानलाई सिधा हतियार उपलब्ध गराउन कठिन भएको छ । अमेरिकाले लगाएको आर्थिक तथा व्यापारिक प्रतिबन्धका कारण इरानलाई सैन्य सहयोग गर्ने देशहरूले ठूलो जोखिम व्यहोर्नुपर्छ । यही परिस्थितिमा चीनले आफ्नो रणनीति परिवर्तन गर्दै ‘ड्यूल–युज’ (दुवै–नागरिक र सैन्य प्रयोजनमा प्रयोग गर्न मिल्ने) प्रविधि र सामग्री उपलब्ध गराउने बाटो अपनाएको आंशका गरेको देखिन्छ ।

यसबीच अर्को नयाँ चिन्ता पनि उब्जिएको छ जसमा इरानले चीनको बायडू स्याटेलाइट नेभिगेसन प्रणाली प्रयोग गरिरहेको हुन सक्ने आशंका छ । यो प्रणाली जीपीएस जस्तै काम गर्छ । यसले स्थान निर्धारण, मार्ग निर्देशन र हतियारलाई लक्ष्यसम्म सटिक रूपमा पुग्न सहयोग गर्दछ ।

अमेरिकी प्रतिवेदनहरूका अनुसार, इरानले पश्चिम एसियामा आफ्ना केही ड्रोन र मिसाइल आक्रमणहरूमा चिनियाँ नेभिगेसन प्रणाली प्रयोग गरेको हुन सक्छ । यसले उसका आक्रमणहरू पहिलेभन्दा अझ सटिक र प्रभावकारी बन्ने सम्भावना बढाएको छ ।

यो अमेरिकाका लागि गम्भीर चिन्ताको विषय मानिन्छ, किनकि यसले इरानको सैन्य क्षमता सुदृढ पार्दै अमेरिकी तथा उसका सहयोगीहरूको सुरक्षामा थप चुनौती सिर्जना गर्न सक्छ । चीनले भने यी सबै आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै आधारहीन भएको बताएको छ ।

कुनै पनि देशको मिसाइल वा ड्रोन कति प्रभावकारी हुन्छ भन्ने कुरा त्यसको ‘गाइडेन्स सिस्टम’मा निर्भर हुन्छ । यदि इरानले चिनियाँ स्याटेलाइट प्रणाली प्रयोग गरिरहेको हो भने, उसले अमेरिकी प्रविधिमा निर्भर रहनु नपरी आफ्ना हतियारहरूलाई लक्ष्यमा सटिक रूपमा प्रहार गर्न सक्षम हुन सक्छ ।

यसले क्षेत्रीय शक्ति सन्तुलनमा दीर्घकालीन प्रभाव पार्न सक्ने विश्लेषकहरू बताउँछन् । यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार आपूर्ति नगर्न चीनलाई आग्रह गर्दै पत्र पठाएको बताएका छन् । यसपछि चीनले इरानलाई हतियार नपठाउन सहमति जनाएको दाबी ट्रम्पले ट्रुथ सोसलमार्फत गरेका छन् ।

यसअघि उनले फक्स न्युजसँग भनेका छन्, ‘जब मैले चीनले इरानलाई हतियार आपूर्ति गरिरहेको रिपोर्ट पाएँ, तब राष्ट्रपति सी चिनफिङलाई त्यसो नगर्न आग्रह गर्दै पत्र लेखेँ।’ यसपछि सीले जवाफी पत्र पठाउँदै चीनले त्यसो नगरेको बताएको दाबी ट्रम्पले गरेका छन् ।

ट्रम्पले इरानसँगको २०१५ को आणविक सम्झौतालाई ‘अहिलेसम्मकै खराब सम्झौता‘को संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘यो सम्झौताले इरानलाई आणविक हतियारको छोटो बाटो दियो।’ ट्रम्पको दाबीअनुसार ‘अमेरिकाले गत वर्ष इरानको आणविक स्थलमा बम नहानेको भए इरानले इजरायल, उसका छिमेकी र अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्ने थियो।’ ट्रम्पले दोहो¥याए, ‘यदि इरानलाई आणविक हतियार दिइयो भने संसार नष्ट हुनेछ।’

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top