×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

४ बैशाख २०८३

४ वैशाख, काठमाण्डौ ।

आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । भावनाले भरिएको यो विशेष दिनमा सर्वसाधारणदेखि कलाकारसम्म सबैले आफ्ना आमाप्रति प्रेम, सम्मान र कृतज्ञता व्यक्त गरिरहेका छन् । यो दिन आमा हुने र नहुनेहरुका लागि पनि विशेष छ । आमा ती साक्षात् देवी हुन् जसका विषयमा जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि त्यो अधुरै हुन्छ ।

Advertisement
Advertisement

May be an image of temple and crowd

हरेक सन्ततिलाई नौं महिनासम्म गर्भमा राखेर अनेक दुःखकष्ट सहँदै जन्माई, हुर्काई सक्षम बनाउने आमा साक्षात् सृष्टिकर्ता, ईश्वर हुन् । आमा ममताकी खानी, स्नेहकी सागर र आकाश हुन् । सन्तानका लागि आमा धर्ती हुन्, माया र प्रेरणाकी प्रतिमूर्ति हुन् । प्रत्येक वर्ष वैशाख कृष्णपक्षको अमावास्या तिथिमा आमालाई सम्मान गर्ने पर्वका रूपमा मातातीर्थ औंसी मनाउने गरिन्छ ।

May be an image of one or more people and crowd

यो दिवस आफूलाई जन्म दिने आमाको मुख हेर्ने र आमालाई विशेष रूपले सम्मान गर्ने पर्व हो । त्यसैले यस दिन आमा जीवित हुनेहरूले आमाको दर्शन गरी आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्दछन् भने आमा नहुनेहरूले विभिन्न तीर्थहरूमा गई आमाको मोक्षगतिको कामनासाथ आमाका नाममा श्राद्ध, तर्पण तथा पिण्डदान गर्दछन् ।

यसै क्रममा प्रधानमन्त्री बालेन शाहले माता र मातृभूमि स्वर्गभन्दा पनि महान हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मातातीर्थ औँसीको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले भनेका छन्, माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् । उनले लेखेका छन् ‘हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।’

नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दै प्रधानमन्त्री शाहले आमालाई सधैं हँसाउन सकौँ भन्ने कामना गरेका छन् । ‘जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु । आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकुन्,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माता तीर्थ औंसीको शुभकामना व्यक्त गर्दै पृथ्वी भरिका आमाहरुलाई नमन व्यक्त गरेका छन्। मातातीर्थ औंसीको शुभकामना दिदैं जन्म दिने आमा लगायत आफ्नो छोरो सम्झेर आशिर्वाद दिने सम्पूर्ण आमालाई नमन व्यक्त गरेका हुन् ।

मातातीर्थ औंसीको शुभकामना व्यक्त गर्दै उनले समाजिक सञ्जालमा पोस्ट गर्दै भनेको छन्, जन्म दिने आमालाई नमन, आफ्नो छोरो सम्झेर आशिर्वाद दिनुहुने सबै आमाहरुलाई नमन, पृथ्वी भरिका आमाहरुलाई नमन…. यस्तै नेपाली काग्रेसका सभापति गगन थापाले आमाको धैर्य र विश्वासको प्रशंसा गर्दै शुभकामना ब्यक्त गरेका छन् ।

उनले आमाको तस्विरसहित लेखेका छन्, आमाले यो पटक फेरि सिकाउनु भयो, परिस्थितिभन्दा ठूलो हाम्रो धैर्य र विश्वास हुन्छ, जीवनका हरेक मोडमा मेरो गुरु रहनु भएकी आमालाई नमन। सबै आमाहरूलाई मातृ दिवसको हार्दिक शुभकामना। यस्तै पूर्वप्रधानमन्त्री प्रचण्डले पनि सामाजिक संजालबाट दिवंगत आफ्नी आमाको तस्विरसहित शुभकामना ब्यक्त गरेका छन् ।

उनले लेखेका छन्, आज आमाको मुख हेर्ने दिन!! ‘आमा’ शब्द आफैंमा न्यानो र पवित्र अनुभूति हो। मलाई जन्मदिने आमा लगायत सम्पूर्ण आमाहरूमा उच्च सम्मान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि मातातीर्थ औसीका अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।

पूरानो फेसबुक आइडी सस्पेन्ड भएपछि नयाँ आइडी बनाएका हर्कले माता तीर्थ औंशी को उपलक्ष्यमा नेपाल धर्ती माता लगायत सम्पूर्ण माताहरूमा हार्दिक नमन भन्दै शुभकामना दिएका छन्। यस्तै पूर्वस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण भइरहेको महिला तथा आमाहरूको अकालमृत्यु रोक्न आफूले सुरु गरेको कार्यक्रमलाई परिस्कृत रूपमा निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन्।

मातातीर्थ औँसीको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले समयमै परीक्षण नहुँदा धेरै महिलाले ज्यान गुमाउनुपरेको अवस्था अन्त्य गर्न निःशुल्क क्यान्सर परीक्षण (स्क्रिनिङ) कार्यक्रम सुरु गरिएको स्मरण गरे। उनले आफ्नो कार्यकालमा महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान र स्क्रिनिङ सेवालाई राष्ट्रिय कार्यक्रममा समावेश गरिएको उल्लेख गरे।

ती अभियानको मुख्य उद्देश्य क्यान्सरका कारण बढ्दो महिला मृत्यु दर घटाउनु रहेको उनले बताएका छन्। पौडेलले वर्तमान सरकारले उक्त कार्यक्रमलाई अझ प्रभावकारी र परिस्कृत बनाउँदै निरन्तरता दिने विश्वास व्यक्त गरेका छन्। ‘स्वस्थ महिलाबाट स्वस्थ परिवार र समुन्नत राष्ट्र निर्माण सम्भव हुन्छ,’ उनले सन्देशमा उल्लेख गर्दै यस अभियानलाई सरकारको प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

आजकै दिन कलाकारहरूको मन छुने शब्दहरूले सामाजिक सञ्जाल भावुक बनेको छ । धेरै कलाकारहरुले आफ्नो आमाप्रति माया देखाउँदै शब्दहरु दर्शाएका छन् । अभिनेत्री पूजा शर्मा लेख्छिन् ,‘एउटी आमा हुन् जसले अन्य सबैको ठाउँ लिन सक्छिन्, तर जसको ठाउँ अरू कसैले लिन सक्दैनन् ।’

उनले मातातीर्थ औँसीको शुभकामना व्यक्त गर्दै आमाको अनुपम स्थानको स्मरण गराएकी छन् । अभिनेत्री केकी अधिकारीको शब्द झन् गहिरो छ । उनले आमाको महिमा कस्ले पो गाउन सक्ला भनेर भावुक शब्दहरु लेखेकी छन् । उनले लेखेकी छन्, ‘आमाको महिमा कस्ले पो गाउन सक्ला !! त्यो सामथ्र्य हामी मानवमा छ जस्तो लाग्दैन । मेरी आमा अनि संसारभरीका सम्पूर्ण आमाहरुलाई कोटि कोटि प्रणाम । दीर्घयु तथा सुस्वास्थ्यको कामना ।’

यसैगरी गायिका समिक्षा अधिकारीले त आफ्नी आमाप्रति समर्पित भावुक कविता नै लेखेकी छन् । जब संसारले साथ छोड्छ, निस्वार्थ साथ दिने एउटै व्यक्ति आमा भएको उल्लेख गर्दै, उनले आमाको माया, त्याग र साथलाई जीवनको सबैभन्दा ठूलो शक्ति मानेकी छन् ।

Advertisement

‘धन्यवाद शब्द सानो छ तिम्रो लागि… आमा, तिमी मेरो संसार हौं’ भन्ने उनको अभिव्यक्तिले धेरैको मन छोएको छ । उनले कवितामार्फत आफ्नी आमालाई मनछुने शब्दबाट शुभकामना ब्यक्त गरेकी छन् ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top