×

NEPAL TIMES UPDATES

Playing
यु द्ध रोक्ने सम्झौता नजिक पुग्दा होर्मुजमा Missile र Drone बर्सिए || Nepal Times
May 08, 2026
Playing
बालेनले शर्मालाई किन प्रधानन्यायाधीश सिफारिस गरे ? यस्तो छ कारण || Nepal Times
May 08, 2026
Playing
इटहरी, धरान र दमकलगायतका पालिकामा ’डोजर आ*तंक’ || Nepal Times
May 08, 2026
Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026

नेपालमै पहिलो टियर आईभी हाइपरस्केल डेटा सेन्टर बन्ने, विदेशी सर्भरमा निर्भरता हट्ने

२५ बैशाख २०८३

२५ वैशाख , काठमाण्डौ ।

नेपालको डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्यसहित ‘बिचुटेन डाटा भोल्ट (Bichuten Data Vault – BDV) ले देशकै पहिलो टियर IV (Tier IV)  हाइपरस्केल डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ।

Advertisement
Advertisement

यो परियोजनाले नेपाललाई दक्षिण एसियामा एक विश्वसनीय डिजिटल हबका रूपमा स्थापित गर्ने र राष्ट्रिय डेटा सुरक्षा तथा डिजिटल सार्वभौमिकतालाई मजबुत बनाउने उद्देश्य राखेको छ।

यो परियोजना स्वदेशी कम्पनी नेपाली उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा अघि बढाइएको हो।

प्रस्तावित डाटा सेन्टर टियर IV मापदण्डअनुसार निर्माण हुने भएकाले यसले ९९.९९५% अपटाइम सुनिश्चित गर्ने बताइएको छ।

कम्पनीका अनुसार यसले वार्षिक २६ मिनेटभन्दा कम मात्र प्राविधिक अवरोध हुने स्तरको विश्वसनीयता प्रदान गर्नेछ, जसले बैंकिङ, दूरसञ्चार र अन्य संवेदनशील क्षेत्रका लागि उच्च सुरक्षा र स्थिरता सुनिश्चित गर्नेछ ।

परियोजनाअन्तर्गत काठमाडौं (साइट १) र वीरगन्ज (साइट २) गरी दुई रणनीतिक स्थानमा पूर्वाधार विकास गरिनेछ। प्रारम्भमा २४० किलोवाट क्षमताबाट सुरु हुने परियोजना सन् २०३० सम्म ५ मेगावाटसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।

डाटा सेन्टर निर्माण तथा सञ्चालनका लागि VVDN Technologies, Google Cloud, AMD र Micron जस्ता विश्वप्रसिद्ध प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले “डाटा नै कृत्रिम बौद्धिकता (AI) र डिजिटल रूपान्तरणको आधार हो” भन्ने मान्यताका साथ नेपालमै डेटा सुरक्षित राख्ने (in–country data residency) अवधारणालाई प्राथमिकता दिएको छ।

यसले विदेशी सर्भरमा निर्भरता घटाई राष्ट्रिय साइबर सुरक्षा र डिजिटल आत्मनिर्भरता मजबुत बनाउने अपेक्षा गरिएको छ। यो परियोजनाले सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना गर्ने कम्पनीको दाबी छ।

साथै भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप तथा ट्याब्लेट जस्ता डिजिटल उपकरण उत्पादन गर्ने दीर्घकालीन लक्ष्य पनि सार्वजनिक गरिएको छ।

Advertisement
Advertisement

डाटा सेन्टर पूर्ण रूपमा जलविद्युत ऊर्जामा आधारित रहने भएकाले यसलाई वातावरणमैत्री र दिगो पूर्वाधारका रूपमा विकास गरिने कम्पनीले जानकारी दिएको छ ।

भर्खरको समाचार

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

सम्बन्धित खबरहरु

Scroll to Top