×

NEPAL TIMES UPDATES

Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026

विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल

७ जेष्ठ २०८३

७ जेठ , काठमाण्डौ ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा भोली शुक्रबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । लिग–२को शृङ्खला अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा नेपालले भोलि शुक्रबार शीर्ष स्थानको अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

Advertisement
Advertisement

समान २७ खेल खेले पनि नेपाल पाँचौं स्थानमा छ भने अमेरिका शीर्ष स्थानमा छ । अमेरिकाले २७ खेल खेल्दा १९ जित निकाल्दै ३८ अंक जोडेको छ । समान खेल खेलेको नेपालले भने १० मात्र जित निकालेर १५ हारको सामना गरेको नेपाल २२ अंकसहित पाँचौं स्थानमा छ ।

विश्वकप छनोटमा पर्न र एकदिवसीय मान्यता जोगाउन नेपालले अब बाँकी सबै खेल जित्नुपर्ने दबाब छ । अमेरिका भने शीर्ष स्थानमामा रहँदै उपाधि उचाल्ने दाउमा छ । कीर्तिपुरस्थित त्रिवि मैदानमै भएको अघिल्लो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ ।

सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर तीन बलमा मात्र एक विकेटको क्षतिमा १९९ रन बनाउँदै नौ विकेटको सानदार जित निकालेको हो । अघिल्लो खेलको महत्त्वपूर्ण जितले नेपालको मनोबल उच्च बनाएको छ ।

अमेरिका भने नेपाललाई घरेलु मैदानमा बदला लिन चाहन्छ । घरेलु मैदानमा जारी त्रिकोणात्मक शृङ्खलाका चार खेलमध्ये दुई जित निकाल्दा नेपालले एउटामा हारको सामना गरेको छ । स्कटल्यान्डसँग पहिलो खेलमा दुई रनले पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई नै ६ विकेटले हराएको हो ।

अब शुक्रबारको खेलमा अमेरिकालाई हराउँदै नेपाल घरेलु मैदानमा जारी शृङ्खलालाई सुखद् बनाउन चाहन्छ । अघिल्लो खेलमा नमिठो हारको सामना गरेको अमेरिका भने बदला लिन चाहन्छ । अमेरिका र नेपालबीचको यो महत्त्वपूर्ण खेल शुक्रबार बिहान ९ः३० बजे कीर्तिपुरमा सुरु हुनेछ ।

यसअघि बुधबार अमेरिकाले नेपाली भुमीमा पहिलो पटक एकदिवसिय अन्तर्राष्ट्रिय(ओडिआई) खेलमा जित हात पारेको हो । अमेरिकाले बुधबार स्कटल्याण्डलाई ६ विकेटले हराउँदै नेपालमा खेलेको सातौं ओडिआई खेलमा आएर पहिलो जित हासिल गरेको हो ।

सन् २०२० मा अमेरिकाले नेपालमा पहिलो ओडिआई खेल खेलेको थियो । विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्न त्यस समयमा अमेरिका नेपाल आएको थियो । नेपाल भ्रमणका क्रममा अमेरिकाले घरेलु टोलीका साथ ओमानसँग ४ ओडिआई खेल खेलेको थियो ।

नेपालमा ओडिआई शृङ्खला खेल्न गरेको पहिलो भ्रमणमा अमेरिकाले खेलेको चार वटै खेलमा पराजित भएको थियो । नेपालसँग पहिलो खेल ३५ रनले गुमाएको अमेरिकाले दोस्रो खेल ८ विकेटले गुमाएको थियो । त्यसै भ्रमणमा ओमानसँगको पहिलो खेल ६ विकेटले तथा दोस्रो खेल ९२ रनले गुमाएको थियो ।

त्यसपछि सन् २०२६ को मे महिनामा अमेरिका त्रिकोणात्मक शृङ्खलाका लागि नै नेपाल भ्रमणमा छ । उसले खेलेका सुरुआती २ खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा स्कटल्याण्डसँग २ रनले पराजित अमेरिका दोस्रो खेलमा घरेलु टोली नेपालसँग ९ विकेटको फराकिलो अन्तरमा पराजित भयो ।

तर, शृङ्खलाको तेस्रो खेलमा स्कटल्याण्डलाई ६ विकेटले हराउँदै नेपाली भुमिमा पहिलो ओडिआई जित हात पार्यो । अब शृङ्खलाको अन्तिम खेलमा शुक्रबार अमेरिकाले घरेलु टोली नेपालको सामना गर्दैछ । अमेरिकाविरुद्ध ओडिआईमा घरेलु भुमीमा नेपाल अपराजित रहेको छ । भोलि पनि यो यात्रा जारी रहने नेपाली टोलीको विश्वास छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा ८ टोली खेल्छन्। प्रत्येक टोलीले अरू सबै टोलीसँग ४–४ खेल घर र बाहिर खेल्नेछन् । त्यसअनुसार प्रत्येक टोलीले करिब ३६ ओडीआई खेल खेल्नुपर्नेछ । सम्पूर्ण प्रतियोगितामा जम्मा करिब ११५ भन्दा बढी खेल हुनेछन् ।

Advertisement
Advertisement

अहिले प्रतियोगिता २०२४–२०२७ चक्रमा चलिरहेको छ। २०२६ सम्म चरण–चरणमा पूरा हुँदै २०२७ विश्वकप छनोट टुंगिनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top