हेमोफिलियाको औषधी निःशुल्क वितरण गर्न माग

हेमोफिलियाको औषधी निःशुल्क वितरण गर्न माग

विराटनगर मंसिर २१
सरोकारवालाहरुले अनुवंशीय रक्तश्राव(हेमोफिलिया)रोगबाट पिडितहरुलाई निःशुल्क रुपमा औषधी वितरण गर्न माग गरेका छन् । नेपाल हेमोफिलिया सोसाईटीले आज विराटनगरमा आयोजित कार्यक्रममा उनीहरुले हेमोफिलिया रोगको औषधी महंगो भएकाले नियमित सेवनका लागि सरकारले निशुल्क उपलब्ध गराउन माग राखेका हुन् ।

नेपाल हेमोफिलिया सोसाईटी सुनसरीका अध्यक्ष पुष्पलाल तामाङले हेमोफिलिया रोगको औषधी धेरै मंहगो भएकाले सबै रोगीले किनेर खान नसक्ने अबस्था रहेको बताए ।सरकारले औषधी उपलब्ध गराएको छैन,सहज बजारमा औषधी खरिद गर्न पनि पाइन्न । उनले भने ‘यस्तो अबस्थामा हामी जस्ता हेमोफिलिया रोगका बिरामी शारीरिक अपाङ्गता भएर ओछ्यान पर्नुको बिकल्प छैन’।

कार्यक्रममा हेमोफिलिया सोसाईटीका सदस्य डा.प्रेम देवानले राजधानी बाहिर हेमोफिलिया रोगको परिक्षण र उपचार सेवा नहुँदा समस्या भएको जानकारी दिए ।उनले राजधानीको वीर, सिभिल र त्रि.वि.वि शिक्षण अस्पताल र अल्का अस्पतालमा मात्रै यसको सेवा उपलब्भ छ । डा देवानका अनुसार उपचारमा पहुँच नहुँदा दुर्गमका प्रभावितले रोग लुकाएर बस्ने अहिलेपनि बाध्य रहेका छन् ।

हेमोफिलिया भएका व्यक्तिलाई कुनै शारीरिक चोटपटक लागेमा रक्तस्राव, रोकिँदैन आन्तरिक रूपमा हुने रक्तस्रावका कारण पनि बिरामीको जीवन खतरा भइरहन्छ, रगत नरोकिएकै कारण मृत्यु पनि हुन सक्छ। कार्यक्रममा दिएको जानकारी अनुसार मुलुक भर ६५० जना हेमोफिलियाका बिरामी व्यतिm रहेका छन् ।

त्यसैगरी प्रदेश नं एकका १४ जिल्लामा मात्र ८० जना हेमोफिलियाका रोगी रहेका छन् । हेमोफिलिया रोगीका लागि अहिले विदेशी दाताले उपलब्ध गराउँदै आएको औषधी मात्र नेपालमा आउने गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.