मेसी नै बने सर्वकालीन महान खेलाडी

२ कार्तिक , एजेन्सी । विश्व फुटबलका अहिलेका दुई महान खेलाडी अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोमा सर्वकालीन महान खेलाडी को भन्ने विवादकै बीच लियोनल मेसीले सर्वकालीन महान खेलाडीको रूपमा विशेष अवार्ड ग्रहण गरेका छन् । स्पेनिस मिडिया मार्काको अमेरिकी शाखाले ३७ वर्षीय मेसीलाई बिहीबार राति मार्का अमेरिका अवार्डबाट सम्मान गरेको हो… Continue reading मेसी नै बने सर्वकालीन महान खेलाडी

मेसीले भंग गर्न नसक्ने रोनाल्डोको दुर्लभ कीर्तिमान

२१ भदौ , एजेन्सी । समकालीन फुटबलका महान् हस्तीमध्येका दुई खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी । पछिल्लो दुई दशक यता रोनाल्डो र मेसीसँग तुलना गर्ने खालका नयाँ खेलाडीको उदय पनि भएकै छैन भन्दा फरक नपर्ला ! किनकि, व्यक्तिगत अवार्ड–पुरस्कार, टिमका लागि जितेको उपाधि, गोलसंख्या र रेकर्डमा रोनाल्डो र मेसीकै बर्चश्व छ, अहिलेसम्म पनि… Continue reading मेसीले भंग गर्न नसक्ने रोनाल्डोको दुर्लभ कीर्तिमान

दर्शक बढाउन स्टेडियम फर्किए मेसी, मैदान कहिलेदेखि फर्किन्छन् ?

९ भदौ, विराटनगर । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी टोलीमा नहुँदा उनीआबद्ध इन्टर मियामीका खेलहरूमा दर्शक संख्या उल्लेखनी रूपमा घटेको रिपोर्टहरू बेला–बेला सार्वजनिक भइरहेका छन् । अमेरिकन मेजर लिग सकरमा घट्दो टिकट बिक्रीदर घटिरहेका कारण टिकटमा पनि छुट दिएर बेच्नुपरेका रिपोर्ट पनि सार्वजनिक भएका थिए । यसलाई मध्येनजर गरेर ३८ वर्षीय मेस्सी स्टेडियम फर्किएका छन् ।… Continue reading दर्शक बढाउन स्टेडियम फर्किए मेसी, मैदान कहिलेदेखि फर्किन्छन् ?

रोनाल्डो र मेसीमा को उत्कृष्ट ? यस्तो छ, दुवैसँग खेलिसकेका डी मारियाको जवाफ

७ भदौ, विराटनगर । अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारियाले विश्व फुटबलका दुई हस्ती क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीसँग खेल अनुभव संगालिसकेका छन् । पोर्चुगलका स्ट्राइकर रोनाल्डोसँग क्लब फुटबल अनि मेसीसँग क्लब र देश गरी दुवैतर्फको अनुभव छ, डी मारियासँग । हाल पोर्चुगिज क्लब बेन्फिकाबाट व्यावसायिक फुटबल खेलिरहेका डी मारियाले अन्तर्राष्ट्रिय खेलबाट भने सन्न्यास घोषणा गरिसकेका… Continue reading रोनाल्डो र मेसीमा को उत्कृष्ट ? यस्तो छ, दुवैसँग खेलिसकेका डी मारियाको जवाफ

मेसीको खेल हेर्न मात्रै जान्छन् दर्शक

४ भदौ , एजेन्सी । स्टार खेलाडी लियोनल मेसी टोलीमा हुँदा र नहुँदा कति फरक पर्छ भन्ने कुरा अमेरिकन मेजर लिग सकरमा घट्दो टिकट बिक्रीदर हेरे स्पष्ट हुन्छ । हालै सार्वजनिक एक रिपोर्टअनुसार पछिल्ला ११ खेलमा मेसी अनुपस्थित रहँदा एमएलएसको टिकट बिक्रीदर ह्वात्तै घटेको छ । त्यसअघि मेसी फ्रेन्च क्लब पिएसजी छोडेर अमेरिका आएपछि एमएलएसको… Continue reading मेसीको खेल हेर्न मात्रै जान्छन् दर्शक

विश्वकप छनोट खेल्ने अर्जेन्टिनाको टोलीमा परेनन् मेसी

४ भदौ, विराटनगर । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने भएका छन् । विश्वकप विजेता मेसीले चोटका कारण चिली र कोलम्बियाविरुद्धको खेल गुमाउने भएका हुन् । इन्टर मियामीबाट व्यवसायिक फुटबल खेलिरहेका ३७ वर्षीय मेस्सी चोटका कारण लामो समययता मैदानबाहिर छन् । उनी गत महिना फ्लोरिडामा सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा घाइते… Continue reading विश्वकप छनोट खेल्ने अर्जेन्टिनाको टोलीमा परेनन् मेसी

पिएसजी स्टार खेलाडीविहीन, फ्रेन्च लिग वान नै खस्किने खतरा

३२ साउन, विराटनगर । कुनै बेला ब्राजिलियन नेयमार, फ्रान्सका किलियन एम्बाप्पे, अर्जेन्टिनाका लियोनल मेस्सी, स्पेनका सर्जियो रामोसलगायत खेलाडीलाई एकसाथ मैदान उतार्ने सामर्थ्य राख्थ्यो, पिएसजी । ‘ड्रिम प्रोजेक्ट’ भन्दै कतारको लगानीबाट सञ्चालित फ्रान्सेली क्लब पिएसजीका मालिक नासर अल खिलाइफीले युरोपियन शीर्ष पाँच लिग खेल्ने स्टार खेलाडी थुपारेका थिए । सुरुमा रियल मड्रिडबाट रामोसलाई ल्याएर डिफेन्सको पार्ट… Continue reading पिएसजी स्टार खेलाडीविहीन, फ्रेन्च लिग वान नै खस्किने खतरा

मेस्सीबिनाको मियामी क्वार्टरफाइनल नपुग्दै बाहिरियो

३० साउन, विराटनगर । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीआबद्ध इन्टर मियामी अमेरिकन लिग्स कपको क्वार्टरफाइनल नपुग्दै बाहिरिएको छ । बुधबार बिहान भएको अन्तिम १६ को खेलमा मियामी कोलम्बससँग ३–२ गोलान्तरले हारेको हो । कोलम्बसको मैदानमा भएको खेलमा मियामीले सुरुआती अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा तीन गोल गरेको कोलम्बस मियामीलाई हराउँदै अगाडि बढेको हो ।… Continue reading मेस्सीबिनाको मियामी क्वार्टरफाइनल नपुग्दै बाहिरियो

घाइते छन् मेस्सी, कहिलेदेखि मैदान फर्किएलान् ?

२९ साउन, विराटनगर । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीआबद्ध इन्टर मियामीले बुधबार बिहान लिग्स कपअन्तर्गत कोलम्बससँग खेल्दै छ । अन्तिम १६ को खेलअन्तर्गत मियामीले कोलम्बससँग उसैको मैदानमा खेल्न आँटेको हो । नेपाली समयअनुसार बुधबार बिहान ५ः१५ बजेबाट सुरु हुने उक्त खेलमा मियामी र कोलम्बस दुवै क्वार्टरफाइनल यात्रा तय गर्ने दाउमा हुने छन् । पछिल्लो समय इन्टर… Continue reading घाइते छन् मेस्सी, कहिलेदेखि मैदान फर्किएलान् ?

मेसी ‘टाइम म्यागेजिन वर्ष खेलाडी’

२० मंसिर, एजेन्सी । अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलस्टार लियोनल मेसी टाइम म्यागेजिनको वर्ष खेलाडी घोषित भएका छन् । उनलाई ‘टाइम एथिलिट अफ दि यिएर’ अवार्डबाट सम्मान गरिएको हो । टाइम म्यागेजिन विश्वचर्चित अमेरिकी साप्ताहिक पत्रिका हो । फुटबलमा पाउनुपर्ने सबै उपाधि र उपलब्धि हासिल गरेका मेस्सीले हालै कीर्तिमानी आठौँ पटक बालुन डि’ओर अवार्ड हात पारेका थिए… Continue reading मेसी ‘टाइम म्यागेजिन वर्ष खेलाडी’

जब मेसी सामान किन्दै गरेको भेटिए…

२९ असार, एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट अमेरिकन क्लब इन्टर मियामीमा अनुबन्ध भएका विश्वि चर्चित अर्जेन्टाइन स्टार फुटबलर लियोनल मेसी अहिले अमेरिका पुगेका छन्। अमेरिकन क्लब इन्टर मियामीमा अनुबन्ध भएपछि परिवारसहित अमेरिका पुगेका मेसीलाई आइतबार क्लबले औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ। त्यसका लागि क्लबले मेसीका पोस्टर राख्दै भव्य सजावट… Continue reading जब मेसी सामान किन्दै गरेको भेटिए…

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.