×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निजीका शिक्षकलाई सरकारी तलब दिन बालेनको निर्देशन

१४ असार २०८०

१४ असार, काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह एकपछि अर्को गर्दै जनसरोकारका पक्षमा कडारुपमा उभिन थालेका छन् । विद्यार्थीलाई सीपसहितको गुणस्तरीय शिक्षा होस् वा सहकारी नियमन गर्ने कुरा अथवा स्वास्थसंस्थाहरुलाई विद्यमान कानुन र सामाजिक उत्तरदायित्वको पाठ पढाउने कुरा वा महानगरको सरसफाईसहित विकासपूर्वाधारका कुरामा बालेन शाह कडारुपमा प्रस्तुत भएका छन् ।

जसका कारण उनले अदालतसम्म धाउनु परेको छ । अदालतले कुनै विषयमा रोक लगाएको छ भने कुनैमा उनकै पक्षमा फैसला सुनाएको छ । तर जनअदालतमा भने बालेनले प्राय सबै विषयमा सफाईमात्रै होइन वाहवाही नै पाएका छन् । पछिल्लो पटक यस्तै वाहवाही पाउँने गरि बालेनले अर्को कदम उठाएका छन्, जसका कारण विद्यार्थीमात्रै होइन अब शिक्षकहरु पनि बालेनको प्रिय जनप्रतिनिधि भएका छन् ।

बालेनले काठमाडौं महानगरपालिकामा रहेका संस्थागत –निजि) विद्यालयका शिक्षकलाई पनि सामुदायिक सरह तलब सुविधा दिन निर्देशन दिएपछि निकै कम सेवासुविधामा अध्यापन गराइरहेका निजि शिक्षकहरु उत्साहित भएका छन । मेयर बालेनले शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख भएकाले सोही अनुसार गर्न निर्देशन दिएका हुन् ।

‘काठमाडौं महानगरपालिकामा संस्थागत (निजि) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ । तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ ।

यस्तै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ ।

सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ,’ मेयर बालेनले दिँदै भनेका छन् ।

निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न पनि उनले भनेका छन् । सामुदायिक विद्यालयका शिक्षकलाई माध्यामिक तहका लागि ६८ हजार १ सय ४५ रहेको छ भने प्राथमिक तहको सुरु तलव स्केल ३१ हजार २ सय ९६ रुपैया रहेको छ । तर निजी विद्यालयका धेरै शिक्षकहरुले भने प्राथमिक तहको जति तलव समेत पाउने गरेका छैनन् ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top