×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्व चर्चित बन्दै सुशील कार्की, दोस्रो इतिहास लेख्दै

२७ भाद्र २०८२

२७ भदौ , काठमाण्डौ ।

परिवर्तनका हरेक आन्दोलनले नयाँ नयाँ नेतृत्व जन्माउँछ । देश जब सङ्कटमा पर्छ त्यो बेला देशका लागि एक जना यस्तो मात्रको आवश्यक पर्छ जसले सङ्कटबाट सहज रूपमा देशलाई बाहिर निकालोस् । हो आज नेपाल त्यही अवस्थामा छ । देशलाई सङ्कटबाट मोचन गर्न आन्दोलनरत जेनजी समूहले महिलाको हातमा सुम्पँदै छन् ।

नेपाललाई विश्वले शान्त, सुन्दर देशका रूपमा चिन्छ। आज त्यही देशको शासन सत्ताको बागडोर एक महिलाको हातमा जाने परिस्थितिले नयाँ आशा जगाएको छ । इतिहासलाई हेर्ने हो भने संसारका धेरै त्यस्ता मुलुक छन् जहाँ देशमा परेको सङ्कटको मोचन महिलाको नेतृत्वबाट सम्भव भएको छ ।

महिला नेतृहरूले कठिनतम चुनौतीलाई पार लगाउँदै देशलाई स्थायित्व र प्रगतिको बाटोमा अघि बढाएका उदाहरण प्रशस्त छन् ।आज नेपालमा पनि यस्तै अवसर आज सुशीला कार्कीलाई प्राप्त भएको छ। उनी न्यायको क्षेत्रमा निर्भीकतापूर्वक खडा भएर नयाँ इतिहास लेख्ने महिला भएकी थिइन्।

अब शासन सत्ताको जिम्मेवारी उनको काँधमा आउँदै गर्दा, देशले महिलाको दृष्टिकोण, कठोर निर्णय क्षमता र संवेदनशील नेतृत्वको मिठो संयोजन अनुभव गर्ने अपेक्षा गर्न सकिन्छ। देश सङ्कटको घडीमा छ । आन्तरिक असन्तोष, सुशासनको चुनौती र राजनीतिक अस्थिरता अझै पूर्णतः अन्त्य भएको छैन ।

तर यही बेलामा महिला नेतृत्वलाई अवसर दिनु, केवल लिङ्गगत समानताको मुद्दा मात्र होइन, यो एक नयाँ सोच, नयाँ कार्यशैली र नयाँ संस्कृतिको आवश्यकता पनि हो । विश्व इतिहासमा महिला नेतृहरूले बारम्बार प्रमाणित गरेका छन् कि संवेदनशीलता, व्यवहारिकता र दृढ निर्णय क्षमताले मात्र राष्ट्रलाई स्थिर बनाउन सकिन्छ।

सङ्कटका चुनौतीपूर्ण क्षणमा उनीहरूको नेतृत्वले मुलुकलाई मार्गदर्शन गरेको छ। यस्तै सङ्कटको बेलामा बेलायतलाई सम्हालेकी थिइन मार्गरेट थ्याचरले । “आयरन लेडी” भनेर चिनिने मार्गरेट थ्याचरले १९७९ देखि १९९० सम्म बेलायतलाई नेतृत्व दिइन्। उच्च बेरोजगारी, मुद्रास्फीति र फकल्याण्ड युद्धजस्ता कठिन परिस्थितिमा उनले कठोर आर्थिक सुधार लागू गरिन्।

उनका नीतिहरू विवादास्पद भए पनि उनले देशलाई स्थिर बनाउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा बेलायतलाई बलियो बनाएर देखाइन्। यसै गरी जर्मनीकी अर्की महिला थिइन एन्जेला मर्केल । २००५ देखि २०२१ सम्म चान्सलर रहेकी एन्जेला मर्केल युरोपेली राजनीति स्थिरताकी आधार स्तम्भ थिइन् ।

२००८ को आर्थिक सङ्कटदेखि २०१५ को शरणार्थी सङ्कटसम्म उनले संयम र विवेकपूर्ण नेतृत्व गरिन्। “युरोपकी आमा” भनेर चिनिने मर्केलले युरोपेली युनियनलाई सङ्कटका बेला एकजुट राख्न सफल भएकी थिइन् ।

नेपालको छिमेकी मुलुक भारतकी चर्चित आइरन लेडी थिइन इन्दिरा गान्धी । भारतकी पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धीले १९७१ मा भारत–पाकिस्तान युद्धमा निर्णायक विजय दिलाउँदै बङ्गलादेशको जन्म सुनिश्चित गरिन्। कठोर निर्णय क्षमताका कारण उनी कहिले लोकप्रिय त कहिले विवादित रहिन्।

उनीमाथि शिख आन्दोलन दबाउन कठोर कदम चालेको आरोप छ । तर, उनले सङ्कटको घडीमा दृढतापूर्वक राष्ट्रको नेतृत्व गर्ने साहस देखाउने महिलामा पर्छिन् । संकटबाट पटक पटक बंगलादेशलाई पार लगाउने नेतृत्वमा पर्दछिन् बेगम खालिदा जिया ।

उनी बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री मात्र होइन, गम्भीर राजनीतिक, सामाजिक र सुरक्षा संकटमा परेका बेला देशलाई सम्हाल्न सक्ने नेतृका रूपमा पनि चिनिन्छिन्। उहाँले विशेषगरी १९९१ देखि सुरु भएको कार्यकालमा धेरै ठूला चुनौतीहरू सामना गर्नुपरेको थियो। १९९१मा सैन्य शासन (एरशाद शासन) अन्त्य भएपछि बंगलादेश अस्थिर अवस्थामा थियो।

१९९१ को आमनिर्वाचनपछि खालिदा जियाको पार्टी बंगलादेश नेशनल पार्टी सत्तामा आयो। उनले संसदीय पद्धति पुनः लागू गरेर सेना–प्रधान राजनीति बाट देशलाई लोकतान्त्रिक ढाँचातर्फ मोडेकी थिइन । १९९१ को भयानक चक्रवातमा करिब १.४ लाख मानिसको ज्यान गएको थियो।

तत्कालीन अन्तर्राष्ट्रिय सहयोग व्यवस्थापन, राहत वितरण, पुनःनिर्माण अभियानमा सक्रिय नेतृत्व देखाइन्। यस्तै ९० को दशकमा अविरल हड्ताल, आन्दोलन र संसद बहिष्कार भइरहेका थिए। खालिदा जियाले सत्तासीन रहँदा प्रतिपक्षसँग वार्ता गरेर केही हदसम्म राजनीतिक प्रक्रियालाई जोगाएकी थिइन ।

यस्तै सन् २००९ देखि २०२४ सम्म प्रधानमन्त्री रहेकी शेख हसिनाले युद्धपश्चात्को बङ्गलादेशलाई आर्थिक प्रगतितर्फ डो¥याइन्। प्राकृतिक विपत्ति, जलवायु परिवर्तनको सङ्कट र राजनीतिक अस्थिरताबिच पनि उनले खाद्य सुरक्षा, शिक्षा, महिला सशक्तीकरण र पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिएकी छन्।

तर पछिल्लो समय देशमा बढेको भ्रष्टाचार, नागरिक माथिको भेदभावका साथै दमन गरेको लगायतमा आरोप उनलाई लाग्यो । नेपालमा भएको जस्तो विद्यार्थी आन्दोलन बङ्गलादेशमा पनि भयो र करिब १४ महिना अघि उनी प्रधानमन्त्री भएको अवस्थामा सेनाको सहयोगमा आफ्नै निवासबाट भागेर सिधै भारतको शरणमा पुगेकी छिन् ।

न्यूजिल्याण्डमा २०१९ को क्राइष्टचर्च आतङ्कवादी आक्रमणपश्चात् जसिन्डा अर्डर्नको सहानुभूतिपूर्ण र संवेदनशील नेतृत्वले सम्पूर्ण विश्वलाई प्रभावित ग¥यो। कोभिड–१९ महामारीमा उनले कडा तर मानवीय दृष्टिकोणसहित सङ्कट व्यवस्थापन गरिन्। उनले देखाएको सहानुभूति र व्यावहारिकताले विश्वका लागि नयाँ नेतृत्व शैलीको उदाहरण प्रस्तुत बन्न पुग्यो ।

उनी २०१७ देखि २०२३ सम्म प्रधानमन्त्री बनेकी थिइन्। एलेन जोनसन सिरलीफ लाइबेरियाकी पहिलो निर्वाचित राष्ट्रपति हुन् । अफ्रिकाकी पहिलो निर्वाचित महिला राष्ट्रपति एलेन जोनसन सिरलीफले गृहयुद्धपश्चात् ध्वस्त भएको लाइबेरियालाई पुनः निर्माण गरिन्।

शान्ति स्थापनामा योगदान दिँदै उनले इबोला महामारीको समयमा पनि राष्ट्रलाई दृढतापूर्वक नेतृत्व गरिन्। यसका लागि उनले नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरिन्। उनी २००६ देखि २०१८ सम्म त्यहाँको राष्ट्र प्रमुखका रूपमा रहेकी थिइन ।

नेपालले अब बलियो मात्र होइन, न्यायपूर्ण र दूरदर्शी महिला नेतृत्व पाएको छ । सुशीला कार्कीलाई यो अवसरले केवल आफ्नो व्यक्तिगत सफलता मात्र नलिई सम्पूर्ण नेपाली जनताको भावनालाई सम्झेर अघि बढ्नु पर्ने छ ।

संसारका अन्य महिला नेतृहरूले जस्तै उनले पनि आफ्नो कार्यद्वारा नेपाललाई शान्ति, स्थायित्व र समृद्धिको बाटोमा अघि बढाउनेछन् भन्ने आशा सम्पूर्ण नेपाली जनताले यति बेला लिएका छन् । सङ्कटका घडीमा महिला नेतृहरूले बारम्बार देखाएका छन् कि नेतृत्व केवल कठोर शक्ति प्रयोगको कुरा होइन, बरु सहानुभूति, स्थिरता र व्यवहारिक निर्णय क्षमताको संयोजन हो।

मार्गरेट थ्याचरको कठोरता, मर्केलको संयमता, इन्दिरा गान्धीको साहस, हसिनाको निडरता, शेख हसिनाको दीर्घकालीन दृष्टि, जसिन्डा अर्डर्नको संवेदनशीलता र एलेन सिरलीफको पुनर्निर्माण क्षमता—यी सबैले प्रमाणित गर्छन् कि महिला नेतृहरू राष्ट्रलाई मात्र होइन, विश्वलाई नै सङ्कटबाट पार लगाउन सक्षम हुन्छन् ।

यस्तो प्रमाणहरूका बिचमा नेपाल जस्तो सुन्दर शान्त देशलाई सङ्कट आइपरेका बेला एक जना महिलाको हातमा शासन सत्ताको बागडोर जादैछ । यसलाई पार लगाएर विश्वका अन्य महिलाकै जस्तो कृती राख्ने अवसर सुशीला कार्कीलाई मिलोस् भन्ने हाम्रो पनि कामना रहेको छ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top