×

NEPAL TIMES UPDATES

Playing
बालेन, अमरेश र हर्क जो आज चर्चामा छन् || Nepal Times
Mar 09, 2026
Playing
पर्दा पछाडिका नायक मोज्तबा बने इरानका सर्वोच्च नेता|| Nepal Times
Mar 09, 2026
Playing
नेपालमा पहिलो पटक धारा ७६(१) बमोजिम सरकार बन्दै || Nepal Times
Mar 09, 2026
Playing
भारत बन्यो T-20 Worldcup सबैभन्दा धेरै पटक जित्ने टोली || Nepal Times
Mar 09, 2026
Playing
रास्वपाको प्रत्यक्षमा १२५, समानुपातिकमा ६० ? अन्तिम गणना जारी || Nepal Times
Mar 09, 2026
Playing
Election update समानुपातिकमा ७५ प्रतिशत मत गन्दा कसको सिट कति ? || Nepal Times
Mar 09, 2026
Playing
पेलिएको रास्वपा बन्यो लिडर, को–को बन्ने भए राष्ट्रिय पार्टी ? || Nepal Times
Mar 08, 2026
Playing
इरानभित्रै विशेष बल उतार्ने अमेरिका–इजरेलको योजना || Nepal Times
Mar 08, 2026
Playing
पूर्वप्रधानमन्त्रीहरू ओली,देउवा, माधव,बाबुराम र झलनाथ विनाको संसद || Nepal Times
Mar 08, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-24-2082 || Nepal Times
Mar 08, 2026

गाईभैँसी पालनमा लागेका युवा भन्छन्- हामीलाई कसैसँग गफिएर बस्ने फुर्सद छैन

१४ कार्तिक २०७७

१४ कात्तिक, बलेवा।

बागलुङ जिल्लाको जैमिनी नगरपालिका– १ कुश्मीशेराका गुरुदत्त आचार्य बिहान, बेलुका झोला बोकेर दगुरिरहेको देखिन्छन्। ठूलो प्लाष्टिकको भाँडा झोलाभित्र हुन्छ, त्यो भाँडाभरिको दूध हातमा समाउँदा हात गल्ने भएकाले उनले झोलामा राखेर बोक्छन् र झण्डै डेढ किलोमिटरको तल रहेको दुग्ध सङ्कलन केन्द्रमा पुग्छन् । उनको घर केन्द्रदेखि उकालो लाग्दा डेढ किलोमिटरमा पुगिन्छ ।

बिहान ७ बजे र बेलुका ५ बजे दूध बोकेर सङ्कलन केन्द्र पुग्ने उनको दैनिकी हो । उनले जीवनको झण्डै आठ वर्ष मलेसियामा बिताए । त्यहाँ तरकारी बारीको काम थियो । गाडीमा तरकारी राख्ने र झार्ने काम हुन्थ्यो । सानोतिनो कमाइ, लामो समयसम्म प्रगति नभएपछि उनी घर फर्किए। अहिले उनले गाउँमै गाई पाल्न थालेका छन्। गोठमा बाँधेका तीनवटा गाई र एउटा भैँसीले दिने दूधले आम्दानी राम्रै भएको छ । त्यसैले त उनी हरेक दिन दगुर्छन् ।

उनी मात्रै होइन उनको अघिपछि दूध बोकेर सङ्कलन केन्द्र पुग्नेको लस्कर हुन्छ । घरमा फुर्सदिला व्यक्ति भएका कसैले घरको काम गर्छन्, कोही दूध बोकेर सङ्कलन केन्द्र पुग्छन् भने घरमा थोरै जहान भएका विशेष गरी महिला स–साना बच्चालाई घरमै सुताएरै भए पनि आफ्ना घरको दूध सङ्कलन केन्द्र पु¥याउँछन् । कुश्मीशेरामा विदेशबाट फर्किएर गाईभैँसी पाल्न थालेका धेरै युवा छन् । गुरुदत्त आचार्य, दिनानाथ आचार्य, लक्षमण पौडेल, विकास पौडेल, चक्रपाणि शर्मालगायतका युवा उदाहरण मात्रै हुन् ।

यहाँका वैदेशिक रोजगारी गएका युवाका परिवारले पनि राम्रो दूध उत्पादन गर्छन् । उनीहरुको विदेशबाट आउने जत्तिकै कमाइ घरमा पनि छ । यहाँका विदेश गएर फर्किएका युवाको सक्रियतामा कुश्मीशेरामा दैनिक ७०० लिटर दूध उत्पादन हुन्छ । गाउँमै भएका शिक्षक, कर्मचारी, र केही कृषि तथा पशुका प्राविधिकको सक्रियताले उनीहरुलाई साथ दिएको छ । कुश्मीशेरामा दूधको उत्पादन गर्ने मात्रै दुईवटा सहकारी संस्था छन् । सबैजना त्यही सहकारीमा आवद्ध छन् ।

केही वर्ष पहिले स्थापना भएको पल्लोपाखा दुग्ध उत्पादक सहकारी संस्थाले नियमित दूधको सङ्कलन र बिक्री गर्दै आएको छ । जहाँ गाउँका अधिकांश किसानको शेयर छ । पछिल्लो एक वर्ष पहिले विदेशबाट फर्किएका युवाको धेरै सहभागिता रहेको जैमिनी दुग्ध उत्पादक सहकारी खुलेको छ । दुबै सहकारीले हरेक दिन ७०० लिटर दूध सङ्कलन गर्छन् ।

गाईभैँसी पालनमा लागेका युवालाई कसैसँग गफिएर बस्ने फुर्सद छैन् । दिनभर गोठमा रहेका गाईभैँसीको दानापानी र बिहान बेलुका दूध पु¥याउन पुग्नुपर्ने बाध्यता छ । उनीहरु त्यहीबाट आउने कमाइले सन्तुष्ट छन् । “विदेशमा हुँदा साहुले कहिले दिन्छ र घर पठाउने भने कुर्नु पर्दथ्यो, अहिले आफ्नो हिसाब आफैसँग छ”, किसान विकास पौडेल भन्छन्, “दिनभर खुवाउने दाना र घाँसले २४ घण्टाको आम्दानीको हिसाब आउँछ ।” विदेशमा कमाएको भन्दा गाई पालेर कमाएको कमाइको माया लाग्छ रे उनीहरुलाई । “दुःख छ तर कमाइ हुँदा मनै आनन्दित हुन्छ, खर्च कटाउँदा बचेको आफ्नै हो जस्तो लाग्छ”, किसान गुरुदत्त भन्छन्, “घरमा जहानको साथ, बेला मौकाका पर्व र चिसो पानी, यही हो आनन्द, अव विदेशको नाम पनि लिन्न ।”

यहाँ उत्पादन भएको दूध पर्वतको सदरमुकाम कुश्मा बजार, बागलुङ बजारलगायतका ठाउँमा बिक्री हुन्छ । किसानले एक लिटर गाईको दूधको ५८ रुपैयाँ देखि ६५ रुपैयाँसम्म गुणस्तरको आधारमा पाउँछन् । सहकारीले भने बजारमा ८० देखि ९० रुपैयाँमा बिक्री गर्ने गरेको छ ।

“सहकारीमा खर्च कटाएर रहेको रकम पनि कहाँ जान्छ र हाम्रै हो, शेयर हामी किसानकै छ”, सहकारीका अध्यक्ष टीकाराम पौडेलले भने, “जम्मा भएको रकम वर्षदिनमा हिसाब गरेर दूध बिक्री गरेको आधारमा शेयर सदस्यलाई नै जान्छ ।” मेहनत गर्ने यहाँका युवाले महिनामा ४० देखि ८० हजार रुपैयाँसम्मको दूध बिक्री गर्ने गरेका छन् ।

घरखर्च कटाएर राम्रो आम्दानी दूधमा देखेपछि विदेशबाट फर्किएका युवा गाईभैँसी पालनमा आकर्षित भएको स्थानीय शिक्षक टेकनारायण आचार्य बताउँछन् । युवाहरुले गाईभैँसीपालनका अतिरित्त तरकारीखेती, कुखुरापालन र केराखेती समेत गर्दै आएका छन् भने आधुनिक प्लाष्टिक घरमा तरकारी र गोलभेँडासमेत फलाएर बिक्री गर्छन् ।रासस

भर्खरको समाचार

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

सम्बन्धित खबरहरु

Scroll to Top