×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

व्यास नगरपालिकाद्वारा किसानलाई साढे नौ टन आलुको बीउ वितरण

१८ मंसिर २०७७

१८ मंसिर, तनहुँ ।
आलुमा आत्मनिर्भर बनाउन तनहुँको व्यास नगरपालिकाले जिल्लाका विभिन्न कृषक समूहलाई आलुको बीउ वितरण गरेको छ।

बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले साढे नौ टन आलुको बीउ वितरण गरेको हो। काभ्रेबाट जनकदेव र डिजिरे आलुको बीउ ल्याएर कृषक समूहमार्फत वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिए।

निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न आलुको बीउ वितरण गरिएको वाग्लेले बताए।

हरेक वर्ष बाहिरी जिल्लाबाट बीउ ल्याएर वितरण गर्नुभन्दा पनि नगरपालिकाभित्रै आलुको बीउ उत्पादनका लागि ११ वटा समूहलाई बीउ वितरण गरिएको उनले बताए। सधैँ बाहिरी जिल्लाबाट ल्याएर वितरण गर्दा आत्मनिर्भर बनाउन सकिएन, अब नगरपालिकाभित्रै आलुको बीउ उत्पादन गर्ने र यहीँ उत्पादन भएको बीउ कृषकलाई वितरण गर्ने लक्ष्य छ, उनले भने।

नगरपालिकाले अहिले वितरण गरेको आलुको बीउ उत्पादन भएपछि पहिलो पटक बिक्री गर्न पाइँदैन। उत्पादित आलुलाई चिस्यान केन्द्रमा राखेर अर्को वर्ष मात्रै वितरणको तयारी गरिएको छ। बीउका लागि उत्पादन भएको आलु पहिलो पटक खानका लागि प्रयोग हुँदैन, उक्त आलु नगर क्षेत्रभित्रका अन्य कृषकलाई वितरण गर्छौं, उनले भने।

बीउ उत्पादनका लागि व्यास–५ स्थित सिन्धु सहकारी र हरियाली कृषक समूहलाई ३०–३० क्विन्टल आलु वितरण गरिएको छ। हरियाली कृषक समूहका अध्यक्ष रविचन्द्र आचार्यले समूहमार्फत १० रोपनी क्षेत्रफलमा आलुको बीउ लगाउने तयारी गरिएको जानकारी दिए।

यसअघि सहकारीका सदस्यलाई मात्रै आलुको बीउ उत्पादन गर्ने गरेका थियौं, अब अन्य कृषकलाई पनि लक्षित गरी आलुको बीउ उत्पादनका लागि नगरपालिकाले बीउ उपलब्ध गराएको छ, उनले भने।

नगरपालिकाले खाने आलु वितरणका लागि भने वडा कार्यालयलाई जिम्मा दिएको छ। कृषकलाई वितरणका लागि दुई पटकसम्म बोलपत्र आह्वान गरे पनि कसैले बोलपत्र नभरेका कारण वडा कार्यालयमार्फत नै आलुको बीउ वितरणको जिम्मा दिइएको कृषि शाखाले जनाएको छ।

वडा कार्यालयलाई आलुको बीउ वितरणका लागि पैसा पठाएका छौँ, वडा कार्यालयले आफैँले खरिद गरेर कृषकलाई वितरण गर्नेछन्, वाग्लेले भने।

नगरपालिकामा करिब ६०० रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको छ। आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेका छन्।(रासस)

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top