तरकारी खेतीमा रमाउँदै युवा

५ माघ ७७, मंगलबार

६ माघ, कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन ।

पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन । घरकै बारीमा तरकारी खेती गरेर उनले वार्षिकरूपमा रु आठ लाख बढी आम्दानी गर्दै आएका ।

विदेशमा दुःख गर्दासमेत गतिलो आम्दानी हात पार्न नसकेका उनले बारीमा तरकारी रोप्न थालेपछि विगतका दुःखका दिन बिर्सेका छन् । दुई वर्षका लागि वैदेशिक रोजगारी गर्न साउदी अरेविया गएका उनलाई स्वास्थ्यले साथ नदिएपछि पूरा समयावधि काम गर्न नपाइ स्वदेश फर्केका हुन् ।

Advertisement

“धेरै पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीमा गएको थिएँ”, उनले भने, “अत्यधिक गर्मीका कारण पेट दुख्ने र खुट्टा दुख्नेलगायत स्वास्थ्य समस्याले काम गर्न नपाइ घर फिर्ता भएँ । वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जा र पछि उपचार गर्न लागेको कर्जा तिर्न निकै समस्या थियो ।”

“गाउँकै साहुबाट कर्जा लिएकाले घरदैलोमै पैसा माग्नका लागि आउने गर्दथे”, विगत सम्झँदै उनले भने, “घर फर्केपछि हाउस पेन्टिङको कार्य गर्न थाले । त्यसबाट केही पैसा जम्मा भयो ।

Advertisement

ती पैसामध्ये केही कर्जावापतको ब्याज तिर्न भ्याएँ । जम्मा भएको केही रकम तरकारी खेतीका लागि आवश्यक पर्ने बीउबिजन, रसायनिक मल, विषादी खरिद गर्नका लागि राखेँ ।”

शुरुमा थारै जग्गामा तरकारी खेतीका गरेका चौधरीले विस्तारै तरकारी खेती गर्ने जग्गाको क्षेत्रफल बढाउँदै लगे । हाल स्वामित्वको दुई बिघा जग्गामा उनले तरकारी रोपेका छन् । “परम्परागतरूपमा तरकारी रोप्दै आएका थियौँ”, उनले भने, “तालिम लिएपछि तरकारी लगाउने तौरतरिका सिकेपछि आम्दानी मात्रै बढेको छैन ।

वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जासमेत तिर्न सकिएको छ ।” उनको हिउँदे तरकारी बालीमा आलु, काउली, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, बन्दा, हरियो सागपातलगायत रहेको छ ।

बेमौसमी तरकारी बालीका रूपमा उनले काँक्रा, लौका, फर्सी, तितेकरेलालगायत प्लाष्टिक टनेलमा लगाएका छन् । बर्खे तरकारीमा तनेबोडी, तितेकरेलाको खेती उनले गर्दै आएका छन् ।

विदेशको दुःखले स्वदेशमै आयआर्जनमूलक कार्य गर्नुपर्छ भन्ने सोच राखेर तरकारी खेती गरेको उनी बताउँछन् । “कर्जा तिर्न कुनै उपाय थिएन”, उनले भने, “बारीमै मेहेनत गर्न परिवारले सघाए, त्यसपछि आम्दानी बढ्दै गएको छ । मेहेनत गरेपछि जे पनि सम्भव हँुदोरहेछ ।”

उनले तरकारी खेतीसँगै बङ्गुर, ब्रोइलर कुखुरा र स्थानीय जातका कुखुरासमेत पालन गरेका छन् । किसान चौधरीजस्तै बेलडाँडी गाउँका २० बढी परिवार तरकारी खेतीमा संलग्न रहेका छन् ।

तरकारी खेतीमा संलग्न सबैका घरघरमा दुईदेखि चारसम्म मौसमी तथा बेमौसमी तरकारी खेती गर्नका लागि प्लाष्टिका टनेल निर्माण गरिएका छन् । प्लाष्टिका टनेलसँगै यहाँका किसानले खेतबारीमा तरकारी उत्पादन गरी बेच्दै आएका छन् । सिँचाइका लागि पुरानो गाउँमा कुलो छ ।

त्यसै कुलोको पानी प्रयोग गरी तरकारीलगायतको खेतीमा सिँचाइको व्यवस्था हुने गरेको छ । तीन कठ्ठा जग्गामै गोलभेँडा खेती गरी गत वर्ष रु ६० हजार आम्दानी हात पारेका तेजबहादुर चौधरीले यस वर्ष गोलभेँडा खेतीको क्षेत्र विस्तार गरेका छन् ।

हालसम्म रु ४० हजार बढीको गोलभेँडा र रु ७० हजार बढीको काउली उनले बिक्री गरेका छन् । “खर्च कटाएर एक सिजनमै गत वर्ष रु दुई लाख आम्दानी हात परेको थियो”, उनले भने, “यस वर्ष तरकारी सप्रिएकाले आम्दानी दोब्बर हुन्छ ।”

बेलडाँडी गाउँका तरकारी खेतीमा संलग्नहरुको आम्दानी रु पाँच लाखदेखि वार्षिकरूपमा रु १५ लाख बढी हुने गरेको छ । यहाँका युवाहरु विगतमा परिवारको खर्च चलाउनकै लागि वैदेशिक रोजगारी र मजदुरीका लागि भारतमा जाने कार्य गर्दै आएका थिए । तरकारी खेतीबाट गतिलो आम्दानी हुन थालेपछि युवा यसमै रमाउन थालेका छन् ।

“तरकारी खेती हुन थालेपछि वैदेशिक रोजगारीमा जान हुरुक्क हुने युवासमेत गाउँमै तरकारी खेती गर्न हौसिन थालेका छन्”, राधा चौधरीले भने, “तरकारी खेतीबाटै सोचेजस्तो आम्दानी हुन थालेपछि विदेशिनेहरु रोकिएका हुन् ।

विगतमा हुल नै बाँधेर भारततर्फ जानेको लर्को नै लाग्ने गरेको थियो । त्यो तरकारी खेतीले रोकेको छ ।” कुलोको सिँचाइ गर्न पालो मिलाउने गरिएको छ । सिँचाइको कुलोबाट पानी लगाउन विलम्ब भए धेरैले घरमै जडान गरेको विद्युतीय मोटरबाट पानी तानेर सिँचाइ गर्ने गरेका छन् ।

तरकारी खेतीमा संलग्न किसानको एउटै दुःखेसो छ । त्यो भनेको तरकारी उत्पादन भएपछि बेच्ने झन्झट । केही तरकारी गाउँमै हुने विवाह, भोजभतेरमा खपत हुने गरेको छ । बाँकी रहेको तरकारी बेच्नका लागि टाढाको धनगढी, अत्तरिया र महेन्द्रनगरसम्म पु¥याएर व्यापारीले तय गरेको दररेटमै बेच्नुपर्ने हुन्छ ।

बिचौलियाले तरकारी बजारमै सस्तोमा तरकारीको बोली लगाई खरिद गर्ने भएकाले कुनै बेला लागतसमेत नउठ्नेसम्ममा बेचेर फर्कनुपर्ने अवस्था रहेको किसानको गुनासो छ ।

यहाँका किसानले गाउँमै तरकारी सङ्कलन केन्द्रको व्यवस्था गरी बिक्री वितरणको व्यवस्था गरी दिन माग गरेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरले तरकारी खेतीमा संलग्न किसानलाई अनुदानमा पावर टिलर, रोटाभेटर, सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटर र प्लाष्टिका टनेल उपलब्ध गराउँदै आएको छ ।

गत वर्षमात्रै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत यहाँका एक दर्जन बढी किसानलाई कृषि उपकरण र यन्त्र उपलब्ध गराइएको थियो । व्यावसायिक तरकारी खेतीमा लागेका किसानलाई अझै पनि आवश्यकता र मागका आधारमा तालिमसँगै आधुनिक यन्त्र र उपकरण दिइने कृषि ज्ञान केन्द्रका अधिकृत रणबहादुर मल्लले बताए ।

तरकारी खेतीबाटै बेलडाँडीका किसानले पक्की घर निर्माण गर्नेदेखि सवारी साधानका रूपमा मोटरसाइकलसमेत जोडेका छन् ।(रासस)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top