×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

विशेष समयमा सांसदले उठाए जनचासोका मुद्दा

२७ जेष्ठ २०७५

काठमाडौँ, जेठ २७
सांसदले स्थानीय विकास निर्माणदेखि जनताको दैनिक समस्याका विषयमा सरकारले ध्यान दिन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराका छन्।

प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै विशेष समय लिँदै उनीहरुले सार्वजनिक चासोका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधान गर्न आग्रह गरे ।

Advertisement

सांसद पुष्पा भुसालले संवैधानिक सर्वोच्चतालाई कायम राख्दै सभामुख वा उपसभामुख एकै दलको हुन नहुने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताइन् । विधिको शासनअनुसार संसदीय व्यवस्थाअनुसार अभ्यास हुनुपर्नेमा जोड दिँदै उनले एक दलीय सर्वसत्तावाद लागू गर्न खोजेको आरोप लगाइन् ।

सांसद रामसहायप्रसाद यादवले बारामा बन्न गइरहेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने क्षेत्रको सही मूल्यांकन गरी मुआब्जा उपलब्ध गराउनुपर्ने बताए । उनले सिम्रौनगढ भन्सार सुधार गर्न सरकारसँग माग गरे ।

सांसद राजकिशोर यादवले सिरहाका जिल्ला शिक्षा अधिकारीले आवश्यकताअनुसार दरबन्दी व्यवस्थापन नगरी अनियमितरुपमा बाँडफाँड गरेको भन्दै विश्वसनीय आधारमा काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले विकास निर्माण कार्यमा ढिलाइ गर्ने निर्माण व्यवसायीले ठूला नेताको आडमा गृहमन्त्रालयलाई चुनौती दिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रेम सुवालले वाग्मती र विष्णुमती क्षेत्रमा सार्वजनिक जग्गा हडपेको भन्दै त्यसतर्फ छानविन गर्न आग्रह गरे । उनले काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गरे ।

सांसद दुर्गा पौडेलले हरेक स्थानीय तहमा सडक सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिए ।

अर्का सांसद दिलेन्द्र बडूले वैदेशिक रोजगारीको सिलसिलामा अरब देशमा गएका नेपाली अमरबहादुर बमको जीवन रक्षाको माग राख्दै परराष्ट्रमन्त्रीले उक्त विषयमा यथोचित ध्यान पु¥याउन नसकेको बताए ।

सांसद पूर्णकुमारी सुवेदीले वर्षात्का समयमा तराईका विभिन्न जिल्लामा बाढीबाट प्रभावित हुने गरेको भन्दै विपद्को पूर्व तयारी गर्नुपर्नेमा जोड दिइन् ।

सांसद हितबहादुर तामाङले नुवाकोट–काठमाडौँ जोड्ने सडकको निर्माण कार्य जारी रहेकाले यातायात आवागमनमा समस्या आएको, वैकल्पिक मार्गका रुपमा रहेको टोखा–छहरे सडकखण्डमा समेत लामो समयसम्म जाम पर्नुपर्ने बाध्यता आएको भन्दै तत्काल निर्माण कार्य अगाडि बढाउन माग गरे।

सांसद यज्ञराज सुनुवारले ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीलगायतका जिल्लामा १० टनभन्दा बढी भार क्षमताको सवारीसाधन चलाउन नपाउने भन्ने अदालतको आदेशका कारण दैनिक जनजीवन प्रभावित भएको, निर्माण सामग्री अलपत्र परेको भन्दै वैकल्पिक व्यवस्था गर्न माग गरे ।

सांसद विरोध खतिवडाले काठमाडौँ–चित्लाङ सडकखण्ड निर्माणका क्रममा निस्किएको ८३ हजार घनमिटर ढुङ्गा रु ३६५ मा लिलाम गरिएको भन्दै आपत्ति जनाए । उनले वन विभाग, गणेशमान मार्ग आयोजनाका प्रमुख र सरोकार नै नभएका व्यक्तिले निर्णय गरेकामा तत्काल कारवाही गर्न माग गरे ।

सांसद झपटबहादुर रावलले संघीय संसद्का गतिविधिमा गैरसरकारी संस्थाको रकम प्रयोग गरिएकोमा आपत्ति जनाउँदै जनप्रतिनिधिमूलक संस्थामा दातृ निकायको रकम लिनु र खर्च गरिनु सार्वभौम मुलुकलाई नसुहाउने विषय भएको बताए।

सांसद सत्या पहाडीले कालीकोटको नरहरिनाथ गाउँपालिकामा यही जेठ १९ गते स्थानीय जनप्रतिनिधि मना सार्कीको हत्या भएको भन्दै हत्यामा संलग्न दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई उचित राहतको प्रबन्ध गर्न आग्रह गरिन् ।

यस्तै, अर्का सांसद पार्वतीकुमारी विसंखेले पनि एक्काइसाँै शताब्दीमा पनि जातपातका आधारमा छुवाछूत गरिनु र हत्यासम्म गरिनु सभ्य समाजका लागि सुहाउँदो विषय नभएको भन्दै दोषीमाथि कारवाही गर्न माग गरिन् ।

सांसद भवानीप्रसाद खापुङले तमोर जलाशययुक्त आयोजनाको महत्वबारे सदनलाई जानकारी गराउँदै सो आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न माग गरे । नेपालकै सस्तो र बहुउद्देश्यीय आयोजना सरकारकै पहलकदमीमा निर्माण हुनुपर्नेमा जोड दिए ।

सांसद शशि श्रेष्ठले साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा काम गर्ने संस्था वा निकायलाई राज्यले जुनरुपमा ध्यान दिनुपर्ने हो त्यो हुन नसकेकामा आपत्ति जनाए ।

Advertisement

सांसदहरु नरबहादुर धामी तथा यज्ञबहादुर बोगटीले राष्ट्रिय तथा स्थानीय समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११ः०० बजे बस्नेछ ।
रासस

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top