×

NEPAL TIMES UPDATES

Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026

ठूला सहरमा अनलाइन कक्षा सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

२८ चैत्र २०७७

२८ चैत्र, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, पोखरा, नेपालगञ्ज, विराटनगर, वीरगञ्जलगायतका ठूला सहरका विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्ने प्रस्ताव तयार गरेको छ ।

Advertisement

शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकका लागि मन्त्रालयले सो प्रस्ताव तयार पारेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले विद्यालय सञ्चालन कसरी गर्ने भन्ने प्रस्ताव तयार भएको र सीसीएमसी बैठकमा प्रस्तुत गरिने बताए ।

मन्त्री त्रिपाठीले भने, सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गरौं भन्ने प्रस्ताव तयार भएको छ । काठमाडौं, पोखरा, भरतपुर, वीरगञ्जलगायतका सहरमा त्यसो गरौं भन्ने प्रस्ताव हो ।

त्यसको निर्णय सीसीएमसीले गर्नेछ । ग्रामीण क्षेत्रमा भने विद्यालय सञ्चालन गर्ने नै योजना रहेको बताइएको छ । अब पठनपाठन भने बन्द गर्न नहुने भन्ने सरकारको योजना रहेको बताइएको छ ।

काठमाडौं लगायतका ठूला सहरहरूमा विद्यार्थीको आवतजावत ठूलो हुने र विद्यालयमा पनि भीडभाड हुने भएकाले अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने सरकारको तयारी छ ।

मन्त्री त्रिपाठीले सरकार अब सकेसम्म लकडाउन नगर्ने भन्ने प्रयत्नमा रहने बताए । उनले यसअघि प्रतिनिधिसभाको बैठकमा पनि कोरोनाको दोस्रो लहर आएपनि पहिलेजस्तो लकडाउन गर्ने योजना नरहेको र सकभर त्यो अवस्था नआओस् भन्ने प्रयत्न सरकारको रहने बताएका थिए ।

उनले आर्थिक रूपमा क्षति हुने भएकाले सरकार लकडाउनमा जाने परिस्थितिमा जान नहुने धारणा राखेका थिए ।

त्यस्तै, भारतबाट संक्रमित नेपाल प्रवेश गर्ने भएकाले त्यसमा कडाइ गर्ने प्रस्ताव मन्त्रालयले सीसीएमसीमा लगिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतबाट बढी आवतजावत हुने सुदूरपश्चिम, लुम्बिनीलगायतका प्रदेश र वीरगञ्ज लगायतका सहरमा कडाइ गर्ने योजनामा सरकार रहेको छ ।

यसअघि पनि पहाडी क्षेत्रमा कोरोना संक्रमण कम देखिएकोले त्यहाँ भने विद्यालय बन्द गर्ने तथा अन्य रोकावट नलगाउने तर सचेतता भने अपनाउने सरकारको योजना रहेको मन्त्रालयका अधिकारीले बताएका छन् ।

पछिल्लो समय पोखरामा पनि कोरोना संक्रमित बढी देखिएकाले त्यहाँ भने सचेतता अपनाउने मन्त्रालयको प्रस्ताव तयार भएको छ ।

मन्त्रालयले तयार पारेका प्रस्तावमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार ४ बजे बस्ने सीसीएमसीको बैठकले कोरोना भाइरसको दोस्रो लहरलाई कसरी रोक्ने र यसबारे अन्य निर्णय गर्ने बताइएको छ ।

Advertisement

सरकारले यसअघि नै २५ जनाभन्दा बढीको भेला नगर्न निर्देशन जारी गरेको छ । मास्क लगाउने, पटकपटक हात धुने लगायतका सचेतता अपनाउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top