१६ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्युु भएको छ ।
संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कैलालीको घोडाघोडी नगरपालिका– १० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरूषको मृत्युु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बुधबार अस्पताल भर्ना भएका घोडाघोडीका संक्रमितको आइसियूमा उपचार भइरहेको थियो । श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उनलाई निमोनिया समेत भएको थियो ।
लम्कीचुहाका संक्रमित बैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनमा पनि निमोनिया रहेको अस्पतालले जनाएको छ ।