×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

एसइई परीक्षामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कसैले ल्याएनन्

१० असार २०७५

भक्तपुर, असार १०

ग्रेडिङ प्रणालीअनुसार शनिबार सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कुनै विद्यार्थीको पनि आएको छैन ।

Advertisement

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत ८ गतेदेखि २० गतेसम्म साधारण तथा प्राविधिकतर्फ सञ्चालन गरेको परीक्षाको नतिजा आज ढिलो गरी पौनै आठ बजे सार्वजनिक गरेको हो ।

यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ र आंशिकतर्फ २५ हजार १३८ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारको नियमिततर्फ आठ हजार ९०६ र आंशिकतर्फ १० परीक्षार्थी सहभागी भएको कार्यालयले जानकारी दिएको छ ।

सार्वजनिक भएको नतिजाअनुसार नियमिततर्फ १४ हजार २३४ विद्यार्थीले जिपिए ३.६५ देखि ४ (ए प्लस), ४६ हजार १३० विद्यार्थीले जिपिए ३.२५ देखि ३.६० (ए), ४९ हजार ३७ जना विद्यार्थीले जिपिए २.८५ देखि ३.२० (बि प्लस), ७० हजार ५१२ विद्यार्थीले जिपिए २.४५ देखि २.८० (बि), ६१ हजार ८७० विद्यार्थीले जिपिए २.०५ देखि २.४० (सि प्लस), १ लाख १ हजार ४३ विद्यार्थीले १.६५ देखि २.०० (सि) ल्याउन सफल भएका छन् । यसैगरी ३५ हजार ५८४ विद्यार्थीले १.२५ देखि १.६० (डि प्लस), ५८ हजार ६८८ विद्यार्थीले ०.८५ देखि १.२० (डि) ल्याएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए । यसवर्ष ‘ई’ ग्रेड कसैले पनि ल्याएका छैनन् ।

आंशिकतर्फ ‘ए प्लस’ कुनै पनि विद्यार्थीको आएन भने दुई विद्यार्थीले मात्रै जिपिए ३.२५ देखि ३.६० (ए ग्रेड) ल्याएका छन् । आशिंकतर्फ १९ विद्यार्थीले जिपिए २.८५ देखि ३.२० (बि प्लस), १७७ विद्यार्थीले जिपिए २.४५ देखि २.८० (बि), ७०२ विद्यार्थीले जिपिए २.०५ देखि २.४० (सि प्लस), ५ हजार ८९५ विद्यार्थीले जिपिए १.६५ देखि २.०० (सि), ६ हजार ५२७ विद्यार्थीले जिपिए १.२५ देखि १.६० (डि प्लस), ३ हजार १०८ विद्यार्थीले जिपिए ०.८५ देखि १.२० (डि ग्रेड) ल्याएका छन् ।

यता प्राविधिक धारको नियमिततर्फ ५३८ विद्यार्थीले ‘ए प्लस’, १ हजार ७६६ विद्यार्थीले ‘ए’, २ हजार ६५३ विद्यार्थीले ‘बि प्लस’, २ हजार ५८० विद्यार्थीले ‘बि’, ६२९ विद्यार्थीले ‘सि प्लस’, ११२ विद्यार्थीले ‘सि’, ५ विद्यार्थीले ‘डि प्लस’ ४७९ विद्यार्थीले ‘डि ग्रेड’ ल्याउन सफल भएका छन् । प्राविधिकधारतर्फ आंशिकतर्फ ३ जना विद्यार्थीले ‘बि प्लस’ र १ विद्यार्थीले ‘डि ग्रेड’ ल्याउन सफल भएका छन् ।

परीक्षा नियन्त्रक रेग्मीका अनुसार साधारण र प्राविधिकतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थीले परीक्षामा आवेदन दिएपनि परीक्षामा २१ हजार ८९७ परीक्षार्थी अनुपस्थित रहेको र चार लाख ६३ हजार ६८९ परीक्षार्थीले परीक्षा दिएका थिए ।

यसवर्षको परीक्षा सञ्चालनका क्रममा परीक्षाको मर्यादा विपरीत कार्य गर्ने नौ जना परीक्षार्थीको सबै विषयको परीक्षा रद्द गरिएको, ११ जनाको एक विषय रद्द गरि कूल २० परीक्षार्थीको परीक्षा रद्द गरिएको जानकारी दिएको छ ।

केही परीक्षार्थीको उत्तरपुस्तिकामा सिम्बोल नं स्पष्ट नभएको, प्रयोगात्मक अंक प्राप्त नभएका, तोकिएको जन्ममिति नपुगेका जस्ता कारणले नतिजा स्थगन गरेकाले त्यस्ता विद्यार्थी र सम्बन्धित विद्यालयले कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

पुर्नयोगको व्यवस्था 
कार्यालयले आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले पुनर्योग गर्नसक्ने व्यवस्था गरेको छ । विद्यार्थीले प्रतिविषय रु ५०० र आवश्यक विवरणसहित परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित शिक्षा निर्देशनालय वा शिक्षा विभाग तथा समन्वय इकाईमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवदेन दिन सक्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए ।

पूरक अर्थात ग्रेडवृद्धि परीक्षाको हकमा भने सैद्धान्तिक विषयतर्फ सि, डि प्लस, डि र ई ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा सि ग्रेड र सो भन्दा तल्लो ग्रेड प्राप्त गरेको छ र त्यस्ता विषयमध्ये निजले चाहेको विषयमा र मूल परीक्षामा दुई विषयसम्म अनुपस्थिति भएको वा दुई विषयसम्म ग्रेड नखुलेको विषयमा परीक्षार्थीले पूरक अर्थात ग्रेडवृद्धि परीक्षमा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।

कार्यालयले आगामी साउन २३ गते बुधबार बिहान ८ बजेबाट परीक्षा संचालन गर्ने व्यवस्था गरेको नियन्त्रक रेग्मीले जानकारी दिए । २३ गतेबाट परीक्षा शुरु हुने भएपछि विस्तृत रुपमा परीक्षा तालिका भने कार्यालयले केही दिनपछि मात्रै प्रकाशित गर्ने उनले जानकारी दिए ।

शिक्षा ऐनले कक्षा १२ सम्मलाई विद्यालय तहका रुपमा व्यवस्था गरेपछि उक्त परिवर्तन भएको हो । विद्यालय तहको कक्षा १० र १२ को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने संशोधित ऐनमा व्यवस्था भए पनि यसवर्षसम्म कार्यालयले परीक्षा संचालन एवं नतिजा सार्वजनिक गरेको छ । आगामी वर्षदेखि भने कक्षा १० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने योजना रहेको बताइएको छ ।
रासस

Advertisement

 

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top