हास्य कलाकार शम्भुराज थापाको निधन

हास्य कलाकार शम्भुराज थापाको निधन

५ भदौ, काठमाडौँ ।

वरिष्ठ हास्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।

थापाको शनिबार बिहान पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा उपचाररत उनको पछिल्लो दिनमा स्वास्थ्यमा झन् जटिलता देखिएको कारण भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्र अभिनय गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.