५ भदौ, काठमाडौ ।
विकास बैङ्कहरूको नाफा बढेर ६ अर्ब ८ करोड माथि पुगेको छ ।
हालैमात्र बैङ्कहरूले जारी गरेको वार्षिक रिपोर्ट अनुसार विकास बैङ्कको नाफा अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७÷७८ मा करिब ६० प्रतिशतले नै वृद्धि भएर कुल ६ अर्ब ८ करोड २८ लाख ७१ हजार रुपैयाँ पुगेको हो । यस्तो नाफा विकास बैङ्कहरूले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८० करोड १२ लाख १२ हजार रुपैयाँ मात्र आर्जन गरेका थिए ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १७ वटा विकास बैङ्कहरू मध्ये गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउने विकास बैङ्कमा मुक्तिनाथ विकास बैङ्क रहेको छ ।
बैङ्कले आर्थिक वर्षको १२ महिनामा कुल १ खर्ब १५ अर्ब ९ करोड ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा बैङ्कले अधिकतम ६२.७० प्रतिशतले बढी नाफा कमाएको हो । आर्थिक वर्ष २०७६÷७७ मा बैङ्कले कुल ७० करोड ७४ लाख ५ हजार रुपैयाँ मात्र नाफा आर्जन गर्न सकेको थियो ।
यस्तै, बैङ्कले ब्याज आम्दानी तर्फसमेत अन्य बैङ्कहरूलाई पछि पार्दै गत आर्थिक वर्षमा २ अर्ब ७० करोड ४५ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैङ्कले २ अर्ब २५ करोड ९३ लाख ८४ हजार ब्याज आम्दानी गरेको थियो ।