फरार दुई जना पक्राउ

फरार दुई जना पक्राउ

पाँचथर, असार २५

अदालतबाट बिभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका दुई जनालाई पाँचथरमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पाँचथरको मिति २०७१।०८।०२ गतेको फैसलाले अपहरण तथा शरिरबन्धक मुद्धामा चार वर्ष कैद, तीस हजार रुपैया जरिवाना सजाय भएका जिल्ला पाँचथर साविक फाक्तेप–३ हाल फाल्गुनन्द गाउँपालिका ५ बस्ने २१ वर्षींय रिसन चेम्जोङ र सार्वजनिक अपराध मुद्धामा पाँच हजार रुपैया जरिवाना सजाय भएका फिदिम नगरपालिका २ बस्ने २७ वर्षीय बिशाल श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो।

चिेम्जोङलाई प्रहरीले शनिबार पक्राउ गरेका थिए भने श्रेष्ठ आइतबार बिहान पक्राउ परेका हुन।दुबैलाई आइतबार पाँचथर अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनका लागी लिम्बुलाई जिल्ला कारागार पठाइएको र श्रेष्ठले अदालतमा तोकिएको जरिवाना बुझाई छुटेकोे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.