×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

अलैंचीको निर्यात बढ्यो

६ भाद्र २०७८

६ भदौ, काठमाडौं ।

अलैंची निर्यात बढेको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएपछि ७४ प्रतिशतले निर्यात बढेको हो।

Advertisement

गएको आर्थिक वर्ष पाँच हजार १२ मेट्रिकटन अलैंची निर्यात भएको व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गएको आर्थिक वर्ष २०७७÷०७८ मा आठ हजार आठ सय ५७ मेट्रिकटन अलैंची निर्यात भएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७६÷०७७ मा पाँच हजार १२ मेट्रिकटन निर्यात भएको थियो ।

अलैंची निर्यात बढेसँगै गएको आर्थिक वर्ष ७ अर्बभन्दा बढी रुपैयाँ भित्रिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ७ अर्ब २ करोड २४ लाख ९२ हजार रुपैयाँ भित्रिएको केन्द्रले जनाएको छ ।

यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा भने ४ अर्ब १ करोड ९२ लाख १४ हजार रुपैयाँ भित्रिएको छ । यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा पाँच हजार दुई सय ४० मेट्रिकटन निर्यात हुँदा ४ अर्ब २८ करोड ४१ लाख ९९ हजार रुपैयाँ भित्रिएको केन्द्रले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढ्दै गएकाले निर्यात बढेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पाकिस्तान, बंगलादेश, साउदी अरब र दुबईमा अलैंची निर्यातका लागि छलफल भइरहेको छ । भारतमा अलैंची उत्पादन हुने क्षेत्रमा अलैंची मासिन थालेपछि यो वर्ष भारतमा अलैंचीको माग बढी भएको व्यवसायीको भनाइ छ ।

उत्पादित अलैंची निर्यातको मुख्य बजार भारत हो । भारतसँगै चीन, यूएई, पाकिस्तान लगायतका देशमा पनि नेपाली अलैंची निर्यात हुने गर्दछ । नेपालबाट निर्यात भएको अलैंची भारतले प्याकेजिङ, ग्रेडिङ गरेर भुटान र बंगलादेशमा पठाउने गरेको पनि केन्द्रले जनाएको छ ।

अलैंची खेती विस्तार हुँदै

प्रदेश एकको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार देशभर १२ हजार पाँच सय आठ हेक्टरमा अलैंची खेती हुँदै आएको छ, जसमा प्रदेश १ का हिमाली तथा पहाडी जिल्लामा ११ हजार ६ सय सात हेक्टर क्षेत्र रहेको छ ।

नेपालमा अलैंचीको कुल उत्पादन वार्षिक रुपमा ६ हजार पाँच सय २० मेट्रिक टन रहेको छ, जसमा ९३ दशमलव ४९ प्रतिशत अलैंची प्रदेश १ मा मात्रै उत्पादन हुने गरेको पाइन्छ ।

इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, धनकुटा, दोलखा, काभ्रेपलाञ्चोकलगायत ३९ जिल्लामा अलैंचीको खेती हुन्छ ।

अलैंची निर्यातजन्य बहुमूल्य मसला बाली हो । एक पटक रोपेपछि १५–२० वर्षसम्म यसले उत्पादन दिन्छ । किसानलाई आधुनिक भट्टी, निःशुल्क अलैंचीको विरुवा, र तालिम दिने जस्ता सरकारी सहयोगका साथै उचित मूल्य पाएकाले खेती विस्तारमा किसान पनि लागी परेकाले खेती विस्तार हुँदै गएको हो ।

Advertisement

अलैंची खेती प्रदेश २ बाहेक अरु सबै प्रदेशमा फैलिएको छ । यसको खेती पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको डोटीसम्म हुने गरेको छ । ’डम्मरसाई’, ’रामसाई’, ’चिवेसाई’, ’गोलसाई’, ’राम्ला’, साउनेलगायत नेपालमा रोपिने अलैंचीका प्रमुख जात हुन् ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top