विराटनगर,साउन २६
क्रिकेटको अभ्यास गर्न क्षमतावान प्रशिक्षक तथा प्रशिक्षणस्थलको अभावका कारण क्रिकेट खेल्ने वातावरण नबनेपछि विराटनगरका ६ जना क्रिकेटर दिल्ली जाने भएका छन् ।
कुनै समय राष्ट्रिय क्रिकेट टिममा रहेर राम्रो प्रदर्शन समेत गरेका विराटनगरका क्रिकेटर सिद्धान्त लोहनीको नेतृत्वमा मेहबुब बाबू ईराकी , मुकुन्द यादव , अमृत सिहं , दिपक पासवान , श्रवण यादवको टोली प्रशिक्षणको लागि दिल्ली जाने भएको हो ।
खेलकुद निकायले कुनै चासो नराखेपछि आफ्नै खर्चमा भएपनि प्रशिक्षणमा जान लागिएको क्रिकेटर सिद्धान्त लोहनीले बताए । बिराटनगर स्थित शहीद मैदानको अभ्यास पिच पनि बिग्रिएको र मर्मत गर्न सम्बन्धित निकायलाई धेरै पटक भने पनि कसैले वास्ता नगरेको तथा बुधगरमा रहेको मैदान पनि खेल्न लायक नभएको खेलाडीहरु बताउँछन् ।
बिराटनगरको शहिद मैदानको क्रिकेट अभ्यास नेट :-