चीनको शाङ्घाई सहरमा ९ दिनसम्म लकडाउन लागू

चीनको शाङ्घाई सहरमा ९ दिनसम्म लकडाउन लागू

१४ चैत, एजेन्सी । चीनको शाङ्घाई सहरमा लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि आज बिहानदेखि लागू हुने गरी लकडाउनको घोषणा गरिएको हो । अबको ९ दिनसम्म शङ्घाईमा दुई चरणमा लकडाउन हुनेछ ।

सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ तारिखदेखि ५ तारिखसम्म लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ ।

शङ्घाईमा रहेका सबैको स्वास्थ्य परीक्षणका लागि लकडाउन घोषणा गरिएको स्थानीय अधिकारीले बताएका छन् ।

लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुने खबरमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण शून्य जस्तै रहेको चीनमा फेरि सङ्क्रमण बढ्न थालेको छ । चीनले सङ्क्रमण रोक्न कडा प्रतिबन्धहरू लगाउँदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.