विराटनगर, १ भदौ
विद्यालय तथा क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई सूचनाका हकका विषयमा जानकारी दिने उदेश्यले शुक्रवार विराटनगरको आर्दश उच्च माविमा अन्तरकृया गरिएको छ ।
अमेरिकन कर्नर विराटनगरले सूरु गरिको यो अभियान विद्यालय तथा कलेजमा अध्यनरत विद्यार्थी र सरोकारवाला बिच चलाइने उदेश्य अनुरुप शुक्रबार आदर्श उच्च माविमा कार्यक्रम गरिएको हो ।
नेपालको संविधानको धारा २७ मा उल्लेखित मौलिक हकको रुपमा आएको यो अधिकारलाई व्यवहारिक रुपले प्रयोग गर्न सिकाउनेस्वयमसेवी अभियानको रुपमा लगिएको अभियानका सहजकर्ता राजु श्रेष्ठले जानकारी दिए ।
सुशासन, पारदिर्शीता, जवाफदेहिता र भ्रष्टाचार न्यूनिकरण गर्न सूचनाको हक एक सशक्त औजारको रुपमा लिइन्छ । विद्यार्थीले सूचनाको हकको प्रयोग गरि आफ्नो उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपि लिन सक्छन् ।
विद्यालयबाट प्राप्त गर्ने छात्रावृत्ति, सेवासुबिधा र निर्णयको बारेमा थाहा पाउने सबैको अधिकार हो । सूचनाको अधिकार लोकतन्त्रको प्राणवायुको रुपमा दिइको भए पनि सबैले यो अधिकारको बारेमा अझै थाहा नपाएको अवस्थामा यो अभियान थालिएको अमेरिकन कर्नर विराटनगरकी प्रिति कोइराला भट्टराईले जानकारी दिइन् ।