विमान अझै सम्पर्कमा आएको छैनः तारा एअर

विमान अझै सम्पर्कमा आएको छैनः तारा एअर

१५ जेष्ठ, कास्की । पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ । तारा एअरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा १९ जना यात्रु रहेका तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले जानकारी दिए ।

’बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान अझै सम्पर्कमा आएको छैन, उडेको आधा घण्टामा पुगिसक्नु पर्ने हो । तर, विमान सम्पर्कमा आएको छैन’ उनले भने । उनका अनुसार विमानमा ३ जना चालक दलका सदस्य र १९ जना यात्रु छन् ।

विमानका क्याप्टेन प्रभाकर घिमिरे रहेका पनि गड्तौलाले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.