इंग्लिस प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

एजेन्सी,भदौ ५
लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । सेलहस्र्ट पार्कमा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० पराजित गर्दै लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको हो ।

लिभरपुलको जितमा जेम्स मिल्नर र साडियो मानेले गोल गरे ।विवादास्पद पेनाल्टीबाट लिभरपुलले अग्रता बनाएको थियो । ४५औं मिनेटमा लिभरपुलकै पूर्व डिफेन्डर साकोले मोहम्मद सलाहलाई डि–बक्समा लडाएको भन्दै रेफ्रीले लिभरपुललाई विवादास्पद पेनाल्टी दिएका थिए । जसमा जेम्स मिल्नरले गोल गर्दै १–० ले अग्रता बनाउन सफल भए ।

दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सलाहको चलाखीपूर्ण पासमा मानेले काउन्टर एट्याकमा एक रक्षकलाई बिट गर्दै गोल गर्न सफल भए ।यो सँगै लिभरपुल २–० को जित निकाल्न सफल भयो ।लिभरपुलले पहिलो खेलमा वेस्टह्यामाथि ४–० को प्रभावशाली जित निकालेको थियो ।

गोल अन्तरका आधारमा म्यानचेस्टर सिटी खेल तालिकाको शिर्ष स्थानमा छ भने जितसँगै लिभरपुल दुई खेलबाट ६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.