एजेन्सी, भदौ १०
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्यालेस्टाइनी फुटबल एसोसियसनका अध्यक्ष जिब्रिल रजोउबलाई निलम्बन गरेको छ । समर्थकहरुलाई स्टार खेलाडी लियोनल मेस्सीको जर्सी र पोस्टर जलाउन आग्रह गरेपछि उनलाई फिफाले एक बर्षका लागि निलम्बन गरेको हो ।
फिफाको यस निर्णयसँगै रजोउब कुनै पनि क्षमताका खेलमा सहभागी हुन पाउने छैनन् । अर्जे्न्टिना र इजरायलबीचको मैत्रिपूर्ण खेल पहिले दिएको उनको यस्तो अभ्वियक्तिले घृणा र हिसांलाई उकासेको भन्दै फिफाले १५ हजार ८२६ पाउण्डको जरिवना समेत तोकेको छ । यो मैत्रिपूर्ण खेल जुनमा जेरुसलममा हुने भनिए पनि पछि रद्द भएको थियो ।
अर्जे्न्टिनाका विदेश मन्त्री जोर्गे फउरीएका अनुसार जुनमा अर्जे्न्टिनाका खेलाडी इजरायलसँग मैत्रिपुर्ण खेल खेल्न तयार थिएनन् । खेल रद्द भएपछि प्यालेस्टाइनी एफएले मेस्सी र उनका सहकर्मीलाई धन्याबाद दिन ज्ञापन पत्र नै जारी गर्यो ।
इजरायलले भने रजोउबको यस्तो प्रतिक्रियाले सबै सिमा तोडेको आरोप लगाएको छ । इजरायलले रजोउब र प्यालेस्टाइनी एफएलाई जवाफदेहि बनाउन फिफा लगायत सम्पूर्ण शक्ती प्रयोग गर्ने बताएको छ ।
यता प्यालेस्टाइनले भने फिफाको यो कारवाहीलाई गम्भीर रुपमा लिएको छ । बिना कुनै सबुत प्रमाण यस्तो कारवाही आश्चर्यजनक रहेको फुटबल संघको बुझाई छ । संघले छिट्टै कानुनी रुपमा यसको विरुद्ध आवाज उठाउने प्रष्ट पारेको छ ।