एजेन्सी, भदौ ११
रियल म्याड्रिड क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिदा ग्यारेथ बेललाई कुनै दबाब नहुने रियलका म्यानेजर जुलेन लोपेटेगुइले बताएका छन् । उनले रोनाल्डोको गोल प्रतिस्थापन गर्न सकिने तर बेललाई कुनै प्रकारको दबाब नपर्ने बताए ।
लोपेटेगुइले रोनाल्डोको प्रतिस्थापनका लागि वेल्स फरवार्डमाथी जिम्मेवारी नरहेको बताए । क्लबको सर्वकालीन महान गोलकर्ता रोनाल्डो यसै सिजन युभेन्ट्स पुगेका थिए । उनकै प्रदर्शनमा रियलले आफ्नो पछिल्लो पाँच सालमा चार च्याम्पियनस लिग जितेको थियो । रियलले नेयमार, इडेन हाजार्ड र एमबाप्पे जस्ता स्टार खेलाडी भित्र्याउने प्रयास गरे पनि अहिले सम्म सफल भएको छैन ।
मेमा भएकमो युरोपियन फाइनलमा विजयी गोल गरेका बेललाई रोनाल्डोको स्थानका लागि नजरमा राखिएको छ । लोपेटेगुइले गोलको बोझलाई बेलमा नथुपारी रक्षात्मक रुपमा टोलीलाई अझ बलियो बनाउने तयारी गरेका छन् ।