×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

मेसीको परिवारलाई कसले दियो धम्की ?

१९ फाल्गुन २०७९

१९ फागुन,एजेन्सी ।
विश्व चर्चित अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीको आफन्तले सञ्चालन गर्दै आएको एक सुपरमार्केटमा बन्दुकधारीले गोली चलाएर धम्कीपूर्ण लिखित सन्देश छाडेको स्थानीय प्रहरीले जनाएको छ । बिहीबार बिहान भएको आक्रमणमा कोही पनि घाइते भएका छैनन् ।

सुपरमार्केट मेसीको श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा थियो । अर्जेन्टिनाको तेस्रो ठूलो सहर रोजारियोको युनिको सुपरमार्केटलाई आक्रमणकारीले किन निसाना बनाए भन्ने खुलेको छैन । सहरका मेयर पाब्लो जाभकिनले सुपरमार्केटको भ्रमण गरेका थिए ।

Advertisement

राजधानी ब्युनस आयर्सबाट करिब १९० माइल (३०० किलोमिटर) उत्तरपश्चिममा रहेको रोजारियोमा लागुऔषधसम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै संघीय अधिकारीहरूको आलोचना गरिएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजनाले युनिको शाखामा कम्तीमा एक दर्जन गोली प्रहार गरेका थिए । धम्कीपूर्ण सन्देश पनि छाडिएको छ । सन्देशमा भनिएको छ, “मेसी, हामी तपाईंका लागि पर्खिरहेका छौँ । मेयर जाभकिन पनि लागुऔषध तस्कर हो । यसैले उसले तिम्रो हेरचाह गर्दैन ।

’’ मेसीले यसबारे अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् । गएको डिसेम्बरमा मेसीको कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि जितेपछि धेरैले उनलाई सर्वकालीन महान् खेलाडीका रूपमा लिएका छन् । मेसी अहिले पेरिस सेन्ट–जर्मेन (पीएसजी)बाट क्लब फुटबल खेलिरहेका छन् । उनी प्रायः रोजारियो जाने गर्छन् । फ्युनेसको उपनगरमा उनको घर छ ।

पीएसजीले बिहीबार बिहान मेसीको प्रशिक्षणको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । रोजारियोका अधिकारीहरूले सीसी क्यामेरा फुटेजको समीक्षा गरिरहेको र प्ररम्भिक अनुसन्धान सुरु भइसकेको बताएका छन् । मेसीका ससुराले यसप्रकारको धम्की पाएको यो पहिलोपटक भएको बताएका छन् ।

सान्ता फे प्रान्तका न्यायमन्त्री सेलिया एरेनाले यो आक्रमणलाई ‘माफिया’ समूहले ठूलो जनसंख्यालाई डर देखाउनका लागि गरिएको ‘आतंकवाद’ भनेका छन् । आक्रमण भएको भवनको अगाडि १४ गोली लागेको छ । उक्त घटनापछि सुपरमार्केट बन्द छ ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top