×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

पुटिनलाई भेट्न मस्को पुगे सी

६ चैत्र २०७९

६ चैत , एजेन्सी ।
अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) ले रुसी राष्ट्रपति भ्यादिमिर पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको विषयमा चीनले आक्रोश पोखेको छ । आईसीसीले युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने लगायतका युद्ध अपराधका लागि उनी जिम्मेवार रहेको आरोप लगाउँदै पक्राउ पूर्जी जारी गरेको हो ।

तर यसमा चीनले आपत्ति जनाउँदै सोमबार एक विज्ञप्ती निकालेको छ । जसमा उसले आईसीसीलाई डबल स्टान्डर्ड कायम गरेको भन्दै आरोप लगाएको छ । चीनले आईसीसीलाई दोहोरो मानकबाट बच्न र देशका प्रमुखहरुको प्रतिरक्षाको सम्मान गर्नका लागि सुझाव पनि दिएको छ ।

Advertisement

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले आईसीसीसंग राजनीतिकरण र डबल स्ट्यान्डर्ड नदेखाउन आग्रह गर्दै व्रिफिङमा भने, अदालतले एउटा उद्येश्य र निष्पक्षपन कायम राख्नु पर्छ, र अन्तर्राष्ट्रिय कानूनअन्तर्गत अधिकार क्षेत्र अनुसार राष्ट्रध्यक्षहरुको प्रतिरक्षालाई सम्मान गर्नु पर्छ ।

यता युक्रेनसहित पश्चिमी देश र अमेरिकाले भने आईसीसीको फैसलाको स्वागत गरेका छन् । रुसले भने आईसीसीले जारी गरेको पक्राउ पूर्जीलाई ट्वाइलेट पेपर भनेको छ । रुसीले यसलाई मान्ने छैनन् भन्दै रुसी अधिकारीहरुले रुस आईसीसीको सदस्य नरहेको प्रतिक्रिया दिएका छन् ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङ रुसको राजधानी मस्को पुगेका छन् । आजबाट सुरु भएको तीन दिने राजकीय भ्रमणमा उनी रुस पुगेका हुन् । रुसी सरकारी मिडिया आरटीका अनुसार आजै सी र पुटिनले रात्रिभोज गर्नेछन् भने सीको भ्रमणका दौरान दुई देशका आर्थिक, रणनीतिक तथा युक्रेन युद्धको बारेमा छलफल हुनेछन् ।

दुई शीर्ष नेताको निर्णायक छलफल मंगलबार हुनेछ । रुस र युक्रेन युद्धको तनावको दौरानमा सीको रुस भ्रमणलाई अन्तर्राष्ट्रिय रूपमा महत्त्वका साथ हेरिएको छ। राष्ट्रपति भएपछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमण रुसबाटै सुरु गरेका सीले चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो कार्यकालको महासचिव भएपछि पनि पहिको अन्तर्राष्ट्रिय भ्रमण रुसबाटै थालेका छन् ।

सी चीन पुग्नु अगाडि पुटिनले चिनियाँ र सीले रुसी मिडियामा दुई देशको ‘सीमारहित’ सम्बन्ध बारेमा आलेख लेखेका थिए । अन्तर्राष्ट्रिय न्यायालयले शुक्रबार पुटिनलाई मानवतावादविरुद्धको अपराध गरेको भन्दै पक्राउ पूर्जी जारी गरेकै दिन सीको रुस भ्रमणको औपचारिक घोषणा भएको थियो।

Advertisement

पुटिनले अन्तर्राष्ट्रिय न्यायालयको फैसला आएको भोलिपल्ट क्रिमिया र पर्सापल्ट डोनबास क्षेत्र भ्रमण गरेका थिए । अहिले सीको मस्को भ्रमणको ठीक अघि पुटिनको समर्थनमा आईसीसीविरुद्ध चीनले बयान जारी गरेको हो । यसलाई चीनको कुटनीतिकै हिस्सा मानिएको छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top