×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

चितवनमा रविलाई जित नारायणले चुनौती दिने

१६ चैत्र २०७९

१६ चैत, काठमाण्डौ ।
वैशाख १० मा हुने उपनिर्वाचनको मिति नजिकिदै गर्दा दलहरुले उम्मेदवार छनोट गर्न सुरु परेका छन् । उपनिर्वाचन हुने तीन स्थानमा अहिलेसम्म केही दलले उम्मेदवारी घोषणा गरिसकेका छन् । नेपाली कांग्रेसले आज मात्रै उम्मेदवार टुंग्याएको छ । कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेको भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको नेता अर्जुन नरसिंह केसीले बताए । तनहुँ १ बाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुँदै छ। यस्तै, कांग्रेसले बारा २ मा जसपालाई सघाउने निर्णय गरेको छ। त्यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा छ।

Advertisement

यस्तै कांग्रेसले चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी चितवन कांग्रेसका पूर्व सभापति हुन् । यसरी हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिस्पर्धी जितनारायण श्रेष्ठ बन्ने भएको छन्।

यद्यपि चितवन २ बाटै यसअघि विजयी भएपनि सर्वाेच्च अदालतको फैसलापछि सांसद पद गुमाएका रविले फेरि चितवनबाट उम्मेदवारी दिनेबारे औपचारिक घोषणा भने गरिसकेका छैनन् । उता कांग्रेसका श्रेष्ठ भने सत्तारुढ दलबाट साझा उम्मेदवार बन्न सक्नेछन् ।

चितवनमा नेकपा एमालेले भने अहिलेसम्म उम्मेदवारको टुंगो लगाइसकेको छैन् । चितवनमा आफू उम्मेदवार बन्ने भएसँगै श्रेष्ठले पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मंसिरमा आएको हावाहुरीले अहिले काम नगर्ने प्रतिक्रिया दिएका छन् ।

उनले रवि लामिछानेलाई लक्षित गर्दै भनेका छन्, ‘मंसिरमा भएको निर्वाचन चितवनमा हावाहुरी आएको थियो। जे हावाहुरी आएको थियो त्यो मान्छे अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने परिस्थिति बनेको छ।

अहिले कहिले कसलाई समर्थन गरेको छ। कहिले कसलाई भोट हालेको छ। भोट हालेको कारण पनि खुलाउनु पर्दैन। किन सरकारलाई समर्थन गरेको र विश्वासको मत दिएको जनतालाई भन्नु पनि नपर्ने। पार्टीबाट निर्णय गर्नु पनि नपर्ने। चितवनको नागरिक सचेत छन्।

’ बारा २ मा जसपाबाट उपेन्द्र यादव उम्मेदवार बन्ने योजनामा छन् भने जनमत पार्टीले यसअघि रामसहाय प्रसादसँग पराजय भोगेका माओवादीका नेता शिवचन्द्रलाई पार्टीमा प्रवेश गराई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । यस्तै लोसपाबाट राजेन्द्र महतो पनि बारामा उम्मेदवारी दिने तयारीमा छन् । एमालेले भने बारामा पनि अहिलेसम्म निर्णय गरिसकेको छैन् ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top